बाढीका कारण त्रिभुवन राजपथमा यातायात अवरुद्ध « Khabarhub

बाढीका कारण त्रिभुवन राजपथमा यातायात अवरुद्ध


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन राजपथअन्तर्गत पर्ने बागझोरामा आज साँझ परेको वर्षासँगै आएको बाढीका कारण यातायात अवरुद्ध बनेको छ ।

भीमफेदी गाउँपालिका–१ स्थित बागझोरामा ठूलो बाढीका कारण बाटोमा ढुङ्गा थुप्रिनुका साथै पानीको सतह बढेकाले दुबै तर्फका यात्रुवाहक सवारी साधन बीचमै रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उक्त स्थानमा प्रहरी चौकी भैँसेबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा टोली खटिएको प्रहरीले जनाएको छ ।

बाढीका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ, फाखेल–कुलेखानी सडकखण्ड र सिस्नेरी सडकखण्डमा सञ्चालन हुने सबै सवारीसाधन रोकिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ८ : ४९ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना