कीर्तिपुरमा बाघचाल प्रतियोगिता सुरु « Khabarhub

कीर्तिपुरमा बाघचाल प्रतियोगिता सुरु


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली मौलिक खेल बाघचालको प्रवर्द्धन गर्ने उद्देश्यले कीर्तिपुरमा सोमबारदेखि प्रथम सानुमाया शेरबहादुर स्मृति खुला बाघचाल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन चार चरणसम्मका खेलहरु सकिएका छन् । ती खेलहरुबाट पानभाइ भोटे, हरिचन्द्र तामाङ, असल प्रजापति, धर्मराज, रामकृष्ण महर्जन, दामोदर प्रजापति, गुण्डा महर्जन, भुन्टे दुलाल, लोकेन्द्र बोहरा, प्रवेशचन्द्र श्रेष्ठ र राजकुमार पाँचौँ चरणमा प्रवेश गरेका छन् ।

यसैगरी कृष्णबहादुर महर्जन, हीरा डङ्गोल प्रेमलाल, मानवीर श्रेष्ठ, जुजुभाइ महर्जन, लक्ष्मण ताम्राकार, पञ्चुनारायण, चन्द्रबहादुर ज्याख्वा, जलजमान प्रधान र राधाकृष्ण पनि पाँचौँ चरणमा प्रवेश गरेका छन् । प्रतियोगिता स्विस लिग प्रणालीबाट खेलाइएको थियो ।

उपत्यकाव्यापी सो प्रतियोगितामा विभिन्न उमेर समूहका गरी कूल ३८ जनाले भाग लिइरहेका छ्न । जसमा भक्तपुरका ११ जना, सुदूरपश्चिमका दुईजना तथा नुवाकोट, चन्द्रागिरि र बूढानीलकण्ठ नगरपालिकाका समान एकजना छन् । केही प्रतियोगिको उमेर ८० वर्षभन्दा बढी रहेको आयोजक संस्था सघाउ नेपालका सदस्य प्रशान्त महासागरले जानकारी दिए ।

कीर्तिपुरको प्रसिद्ध १६ खुट्टे पाटीलगायत सार्वजनिकस्थलमा लोकप्रिय रहेको बाघचाल हिजो आज हराउँदै जान थालेपछि नयाँ पुस्तामा पनि यसको आकर्षण कायम राख्न प्रतियोगिताको आयोजना गरिएको सदस्य महासागरले बताए ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३० हजार, २५ हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जानकारी पनि आयोजकले दिएका छन् । कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सुनिता शाक्यले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आगामी असोज ८ गते हुने जानकारी आयोजक संस्था सघाउ नेपालले दिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ९ : ५२ बजे

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको