कीर्तिपुरमा बाघचाल प्रतियोगिता सुरु « Khabarhub

कीर्तिपुरमा बाघचाल प्रतियोगिता सुरु


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली मौलिक खेल बाघचालको प्रवर्द्धन गर्ने उद्देश्यले कीर्तिपुरमा सोमबारदेखि प्रथम सानुमाया शेरबहादुर स्मृति खुला बाघचाल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन चार चरणसम्मका खेलहरु सकिएका छन् । ती खेलहरुबाट पानभाइ भोटे, हरिचन्द्र तामाङ, असल प्रजापति, धर्मराज, रामकृष्ण महर्जन, दामोदर प्रजापति, गुण्डा महर्जन, भुन्टे दुलाल, लोकेन्द्र बोहरा, प्रवेशचन्द्र श्रेष्ठ र राजकुमार पाँचौँ चरणमा प्रवेश गरेका छन् ।

यसैगरी कृष्णबहादुर महर्जन, हीरा डङ्गोल प्रेमलाल, मानवीर श्रेष्ठ, जुजुभाइ महर्जन, लक्ष्मण ताम्राकार, पञ्चुनारायण, चन्द्रबहादुर ज्याख्वा, जलजमान प्रधान र राधाकृष्ण पनि पाँचौँ चरणमा प्रवेश गरेका छन् । प्रतियोगिता स्विस लिग प्रणालीबाट खेलाइएको थियो ।

उपत्यकाव्यापी सो प्रतियोगितामा विभिन्न उमेर समूहका गरी कूल ३८ जनाले भाग लिइरहेका छ्न । जसमा भक्तपुरका ११ जना, सुदूरपश्चिमका दुईजना तथा नुवाकोट, चन्द्रागिरि र बूढानीलकण्ठ नगरपालिकाका समान एकजना छन् । केही प्रतियोगिको उमेर ८० वर्षभन्दा बढी रहेको आयोजक संस्था सघाउ नेपालका सदस्य प्रशान्त महासागरले जानकारी दिए ।

कीर्तिपुरको प्रसिद्ध १६ खुट्टे पाटीलगायत सार्वजनिकस्थलमा लोकप्रिय रहेको बाघचाल हिजो आज हराउँदै जान थालेपछि नयाँ पुस्तामा पनि यसको आकर्षण कायम राख्न प्रतियोगिताको आयोजना गरिएको सदस्य महासागरले बताए ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३० हजार, २५ हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जानकारी पनि आयोजकले दिएका छन् । कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सुनिता शाक्यले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आगामी असोज ८ गते हुने जानकारी आयोजक संस्था सघाउ नेपालले दिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ९ : ५२ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४