सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा पुग्यो समानुपातिकको मतपत्र « Khabarhub

सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा पुग्यो समानुपातिकको मतपत्र


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जिल्ला निर्वाचन कार्यालय सप्तरीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा समानुपातिक मतपत्र पुर्‍याइएको छ।

निर्वाचन आयोगबाट जिल्ला निर्वाचन कार्यालय सप्तरीमा ल्याइएका मतपत्र कडा सुरक्षाका साथ जिल्लाको कञ्चनरूप, शम्भुनाथ, खडक र राजविराजमा स्थापना गरिएका चारवटै निर्वाचन अधिकृतको कार्यालयलाई हस्तान्तरण गरेको जिल्ला निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिए।

४ लाख १२ हजार ४ सय ४५ मतदाता रहेको सप्तरीमा चार वटा प्रतिनिधिसभा र आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ।

प्रत्येक निर्वाचन क्षेत्रका मतदाता संख्याको १० प्रतिशत बढी मतपत्र निर्वाचन आयोगले पठाउने प्रावधान रहेको सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए।

मुख्य निर्वाचन अधिकृत रावलका अनुसार मतदान केन्द्रमा मतदान अधिकृतलाई खटाएको तीन दिन पहिले मात्रै मतदान स्थलमा मतपत्रसहितका निर्वाचन सामग्री पठाइने प्रावधान रहेको छ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : ५० बजे

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका