सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा पुग्यो समानुपातिकको मतपत्र | Khabarhub Khabarhub

सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा पुग्यो समानुपातिकको मतपत्र


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जिल्ला निर्वाचन कार्यालय सप्तरीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा समानुपातिक मतपत्र पुर्‍याइएको छ।

निर्वाचन आयोगबाट जिल्ला निर्वाचन कार्यालय सप्तरीमा ल्याइएका मतपत्र कडा सुरक्षाका साथ जिल्लाको कञ्चनरूप, शम्भुनाथ, खडक र राजविराजमा स्थापना गरिएका चारवटै निर्वाचन अधिकृतको कार्यालयलाई हस्तान्तरण गरेको जिल्ला निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिए।

४ लाख १२ हजार ४ सय ४५ मतदाता रहेको सप्तरीमा चार वटा प्रतिनिधिसभा र आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ।

प्रत्येक निर्वाचन क्षेत्रका मतदाता संख्याको १० प्रतिशत बढी मतपत्र निर्वाचन आयोगले पठाउने प्रावधान रहेको सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए।

मुख्य निर्वाचन अधिकृत रावलका अनुसार मतदान केन्द्रमा मतदान अधिकृतलाई खटाएको तीन दिन पहिले मात्रै मतदान स्थलमा मतपत्रसहितका निर्वाचन सामग्री पठाइने प्रावधान रहेको छ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : ५० बजे

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने