आलोचनात्मक ट्वीट गर्ने अमेरिकी नागरिकलाई साउदीमा १६ वर्ष जेल « Khabarhub

आलोचनात्मक ट्वीट गर्ने अमेरिकी नागरिकलाई साउदीमा १६ वर्ष जेल


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

रियाद – साउदी अरेबियामा पक्राउ परेका एक अमेरिकी नागरिकलाई सरकारको आलोचना गर्ने ट्वीट लेखेको आरोपमा १६ वर्षको जेल सजाय सुनाइएको उनको छोरालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

साउदी नागरिकता भएका ७२ वर्षीय साद इब्राहिम अल्मादीलाई नोभेम्बरमा आफ्नो परिवारलाई भेट्न फ्लोरिडाबाट रियाद गएको बेला पक्राउ गरिएको थियो।

उनको छोराले पहिलो पटक उक्त घटनाबारे सार्वजनिक रूपमा बोलेका छन्, जुन उनकै शब्दमा अमेरिकी आधिकारिक सल्लाहविपरीत हो। साउदी अधिकारीहरूले बाबुलाई गिरफ्तार गरेपछि यातना दिने अवस्थाहरूमा राखिएको उनले आरोप लगाए। आफ्ना बाबु जेलमै मृत्यु भएको आफूले देख्न नचाहेको पनि उनले बताएका छन्।

जेल सजाय सुनाउने साउदी अदालतले उनलाई राज्यलाई अस्थिर पार्ने प्रयास गरेको र आतंकवादलाई समर्थन र आर्थिक सहयोग गरेकोमा दोषी ठहर गरेको थियो। अदालतमा अल्मादीले पोस्ट गरेका १४ ट्वीटलाई आधार बनाएर उनलाई सजाय तोकिएको थियो।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १० : ०७ बजे

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका