एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो « Khabarhub

एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो भएको छ ।

पोखरा रङ्गशालामा आज बिहान सम्पन्न खेलमा पाँच हजार मिटर महिला दौडतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाईलाई पछाडि पार्दै स्वर्णपदक जितेकी हुन् । सन्तोषीले निर्धारित दूरी १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गरिन् ।

स्वर्ण पदक जितेकी सन्तोषीले राष्ट्रिय कीर्तिमानको लक्ष्य राखेको भए पनि चोटको कारण पूरा गर्न नसकेको बताइन । महिला पाँच हजार मिटरमा कान्छीमाया कोजुको नाममा रहेको १६ मिनेट ४९.५९ सेकेन्डको कीर्तिमानी छ ।

त्यसैगरी यसअघि भएको दश हजार मिटर दौडमा पनि सन्तोषीले स्वर्ण पदक जितेकी थिइन् । सोही स्पर्धामा रजत पदकमा चित्त बुझाएकी पुलिसकी खेलाडी राजपुराले १७ मिनेट १२.०५ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले कास्य जितिन । उनले निर्धारित दूरी १८ मिनेट ०३.०० सेकेन्डको समयमा पूरा गरिन्।

यसैगरी आजै भएको एथलेटिक्सको पुरुष चार सय मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारुले स्वर्ण पदक हात पारेका छन् । उनले निर्धारित दूरी ५३.५३ सेकेन्ड समय खर्चदै पूरा गरे ।

सोही स्पर्धामा आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्ड समय लगाउँदै रजत पदक जिते । सशस्त्र प्रहरी बल (एपीएफ) का निरप्रताप महतोले कास्य जिते । उनले ५३.९२ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै कास्य जितेका हुन् ।

त्यस्तै एथ्लेटिक्सको महिला आठ सय मिटर दौडमा एपीएफ क्लबकी फुलमती रानाले स्वर्ण पदक जितिन् । उनले निर्धारित दूरी दुई मिनेट २७.३६ सेकेन्ड समय खर्चदै स्वर्ण जितेकी हुन् । सोही स्पर्धामा आर्मीकी सरस्वती भट्टराईले दुई मिनेट २७.५० सेकेन्डको समय लगाउँदै रजत पदक जितेकी हुन् । आर्मीकी रेखा लिम्बूले कास्य जितिन् । उनले निर्धारित दूरी दुई मिनेट ३०.४८ सेकेन्डको समय लगाउँदै कास्य जितेकी हुन् ।

आजै भएको पुरुष आठ सय मिटर दौडमा आर्मीका सोमबहादुर कुमालले स्वर्ण जिते । सोमले निर्धारित दूरी एक मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । सो स्पर्धामा पुलिसका तेजबहादुर कार्कीले रजत जिते । उनले एक मिनेट ५५.२१ सेकेन्डसहित रजत जितेका हुन् ।

त्यस्तै आर्मीका सुनिल सुनारले एक मिनेट ५५.५२ सेकेन्डसहित कास्य जिते । ज्याभलिन थ्रोको पुरुषतर्फ आर्मीका रोहित चौधरीले स्वर्ण जिते

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको ज्याभलिन थ्रोको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालामा आज भएको खेलमा रोहितले ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् ।

सोही स्पर्धामा एपीएफका रमेश पोखरेलले ५५.४३ मिटर थ्रो गर्दै रजत पदक हात पारे । एपिएफकै मनोज डगौँराले ५३.३९ मिटर थ्रो गर्दै कास्य पदक हात पारे ।

एथ्लेटिक्सको चार गुणा १०० मिटर रिलेमा त्रिभुवन आर्मी र एपीएफलाई स्वर्ण

यसैगरी एथ्लेटिक्सको ४ गुणा १०० मिटर रिलेमा त्रिभुवन आर्मी र एपीएफ क्लबले स्वर्ण पदक जितेका छन् । महिला रिलेमा आर्मीकी रमिता थारू, सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापा सम्मलित टोलीले ४९.६० सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो ।

मनिषा अधिकारी, अनिशा भण्डारी, सविना खातुन मियाँ र निशा घर्ती सम्मिलित गण्डकी प्रदेशले ५२.७५ सेकेन्डको समय निकाल्दै रजत जितेका छन् । रजिना दुलाल, स्वगता खाइजु, प्रकृति सुवाल र लुजला अमात्य सम्मलित बागमती प्रदेशले ५२.७६ सेकेन्डसहित कास्य जितेका छन् ।

सोही स्पर्धाको पुरुषतर्फ निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की, चन्द्रबहादुर पुलामी सम्मिलित एपीएफ टोलीले ४२.४४ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो । जीवन चौधरी, विवेक थारु, युवराज विक, डिल्ली महतो सम्मिलित आर्मीले ४२.६० सेकेन्डसहित रजत जित्यो भने सिमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुलसीराम थारु सम्मिलित लुम्बिनी प्रदेशले ४४.३८ सेकेन्डको समय निकाल्दै कास्य जितेका छन् ।

-रासस

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १२ : १२ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा