लमजुङका २३ मतदानस्थल अति संवेदनशील « Khabarhub

लमजुङका २३ मतदानस्थल अति संवेदनशील


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्ला सुरक्षा समिति लमजुङले जिल्लाका मतदानस्थलको सुरक्षा स्तरीकरण गरेको छ। जिल्लाका एक सय ३० मतदानस्थलमध्ये २३ वटा मतदान स्थललाई अति संवेदनशील क्षेत्र छन्।

सुरक्षा समितिका अनुसार जिल्लामा ८६ वटा मतदानस्थल संवेदनशील र बाँकी २१ मतदानस्थललाई सामान्य मानिएको सुरक्षा समिति लमजुङका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए।

प्रजिअ वैद्यले अति संवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको बताए। निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउन सुरक्षाको दृष्टिकोणबाट कुनै कमी हुन नदिने प्रजिअ वैद्यको भनाइ छ।

चारवटा नगरपालिका र चारवटा गाउँपालिका रहेको लमजुङमा अति संवेदनशील केन्द्रमा भौगोलिक विकटता र यसअघिको निर्वाचन सुरक्षा अवस्थाको आधारलाई मानिएको छ।

लमजुङमा १ सय ३० मतदानस्थलमा एकसय ८८ मतदान केन्द्र छन्। सुरक्षा समितिले सवै मतदानस्थलको अनुगमन गरी सुरक्षा व्यवस्थालाई कडाइ गर्ने जनाएको छ। सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने भएको छ। त्यो भन्दा बाहिरी घेरामा नेपाली सेनालाई पनि प्रयोग गरिने सुरक्षा समिति लमजुले जनाएको छ।

जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० मतदानस्थल र एक सय ८८ वटा मतदान केन्द्र छन्। जिल्लामा एक लाख ३३ हजार ५ सय ५९ मतदाता छन्। लमजुङमा निर्वाचन सुरक्षार्थ दुई हजार तीन सय ७६ सुरक्षाकर्मी खटिँदै छन्।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १२ : ४८ बजे

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका