सहकारीको सेवा केन्द्रमै लुटपाट, कर्मचारीमाथि गोली प्रहार « Khabarhub

सहकारीको सेवा केन्द्रमै लुटपाट, कर्मचारीमाथि गोली प्रहार


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको बागमतीस्थित मिलनचोकमा रहेको एक सहकारी संस्थाको सेवा केन्द्रमा दिन दहाडै लुटपाट भएको छ । बुधबार बिहान १० बजेतिर बागमती–१ मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रमा लुटपाट भएको हो । केन्द्रका प्रमुख लालबन्दी नगरपालिका–२ जुटपानी निवासी अन्दाजी ३० वर्षका साजन कार्कीमाथि लुटेरा समुहले गोली प्रहार गरी लुटपाट गरेको प्रहरीले जनाएको हो ।

बिहान १० बजेतिर आएका तीन जनाले कार्कीलाई पैसा दिन धम्क्याएका थिए । प्रतिकार गरेपछि लुटेरा समुहले गोली प्रहार गरेको घाइते कार्कीलाई उदृत गर्दै सहकारीका अध्यक्ष केशव ढकालले जानकारी दिए । घाइते कार्कीका अनुसार लुटेराहरू भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका थिए ।

कार्कीलाई चार वटा गोली लागेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । लुटेरा समूहले चलाएको गोली कार्कीको पाखुरा, तिघ्रा, कुम र कोखामा लागेको छ । गोली लागेका कार्कीलाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको अस्पतालका डाक्टर राजिव साहले बताए ।

लुटेरा समूहले कार्कीमाथि कार्यालय खोल्ने बित्तिकै आक्रमण गरेको घाइतेलाई उदृत गर्दै सहकारीका कर्मचारी दिनेश श्रेष्ठले बताए । ‘उनीहरूले बिहान कार्यालय खोलेलगत्तै आक्रमण गरे ।’ घाइतेलाई उदृत गर्दै श्रेष्ठले भने, ‘कार्कीले ब्यागमा लगेको पैसा ड्रयरमा खन्याई सकेकोले उनीहरूले  ब्यागमात्र लिएर गएको प्रारम्भिक जानकारी आएको छ ।’

लुटेरा समुहले केही दिनदेखि उक्त शाखामा कार्यरत कार्कीको निगरानी गरिरहेको समेत आशंका छ । मंगलबार मात्र पनि लुटेरा समूह सोही कार्यालय आसपास घुमिरहेका देखिएको छ । घटनालगत्तै लुटेरा समूह दक्षिणतर्फ फरार भएको स्थानीयको भनाइ छ । उनीहरूको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

हरिवनमा मुख्य कार्यालय रहको सगुन सहकारी संस्थाले बागमतीको मिलनचोक लालबन्दी, ईश्वरपुर लगायत स्थानमा सेवा कार्यालय सञ्चालन गरेर शेयर सदस्यहरूलाई वित्तिय सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १ : ५९ बजे

कर्णालीमा कमजोर बन्दै कृषि क्षेत्र, सडक कालोपत्रे २५० किलोमिटर पुग्यो

काठमाडौं– समग्र विकासका दृष्टिकोणले पछि पर्दै आएको कर्णालीमा पछिल्लो समय

सिमरा फेरि अशान्त, विरोध प्रदर्शन गर्दै सडकमा युवा (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका कार्यकर्ता र जेन-जी समूहका युवाबीच बुधबार भएको

महाधिवेशनको रणनीति बनाउँदै ओली, निकट नेताहरूसँग निरन्तर संवाद

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशन यही मङ्सिर २७ गतेदेखि काठमाडौँमा

सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण

जुम्ला– जिल्लाको सिञ्जा गाउँपालिका–२ स्थित रनुखानामा निर्माण सम्पन्न भएको झोलुङ्गे

कान्ति बाल अस्पतालले माग्यो करार कर्मचारी 

काठमाडौं– कान्ति बाल अस्पतालले करार सेवामा विभिन्न पदका लागि कर्मचारी