सहकारीको सेवा केन्द्रमै लुटपाट, कर्मचारीमाथि गोली प्रहार « Khabarhub

सहकारीको सेवा केन्द्रमै लुटपाट, कर्मचारीमाथि गोली प्रहार


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको बागमतीस्थित मिलनचोकमा रहेको एक सहकारी संस्थाको सेवा केन्द्रमा दिन दहाडै लुटपाट भएको छ । बुधबार बिहान १० बजेतिर बागमती–१ मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रमा लुटपाट भएको हो । केन्द्रका प्रमुख लालबन्दी नगरपालिका–२ जुटपानी निवासी अन्दाजी ३० वर्षका साजन कार्कीमाथि लुटेरा समुहले गोली प्रहार गरी लुटपाट गरेको प्रहरीले जनाएको हो ।

बिहान १० बजेतिर आएका तीन जनाले कार्कीलाई पैसा दिन धम्क्याएका थिए । प्रतिकार गरेपछि लुटेरा समुहले गोली प्रहार गरेको घाइते कार्कीलाई उदृत गर्दै सहकारीका अध्यक्ष केशव ढकालले जानकारी दिए । घाइते कार्कीका अनुसार लुटेराहरू भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका थिए ।

कार्कीलाई चार वटा गोली लागेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । लुटेरा समूहले चलाएको गोली कार्कीको पाखुरा, तिघ्रा, कुम र कोखामा लागेको छ । गोली लागेका कार्कीलाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको अस्पतालका डाक्टर राजिव साहले बताए ।

लुटेरा समूहले कार्कीमाथि कार्यालय खोल्ने बित्तिकै आक्रमण गरेको घाइतेलाई उदृत गर्दै सहकारीका कर्मचारी दिनेश श्रेष्ठले बताए । ‘उनीहरूले बिहान कार्यालय खोलेलगत्तै आक्रमण गरे ।’ घाइतेलाई उदृत गर्दै श्रेष्ठले भने, ‘कार्कीले ब्यागमा लगेको पैसा ड्रयरमा खन्याई सकेकोले उनीहरूले  ब्यागमात्र लिएर गएको प्रारम्भिक जानकारी आएको छ ।’

लुटेरा समुहले केही दिनदेखि उक्त शाखामा कार्यरत कार्कीको निगरानी गरिरहेको समेत आशंका छ । मंगलबार मात्र पनि लुटेरा समूह सोही कार्यालय आसपास घुमिरहेका देखिएको छ । घटनालगत्तै लुटेरा समूह दक्षिणतर्फ फरार भएको स्थानीयको भनाइ छ । उनीहरूको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

हरिवनमा मुख्य कार्यालय रहको सगुन सहकारी संस्थाले बागमतीको मिलनचोक लालबन्दी, ईश्वरपुर लगायत स्थानमा सेवा कार्यालय सञ्चालन गरेर शेयर सदस्यहरूलाई वित्तिय सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १ : ५९ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं