राष्ट्रसङ्घका महासचिव गुटेरेस भारत भ्रमणमा « Khabarhub

राष्ट्रसङ्घका महासचिव गुटेरेस भारत भ्रमणमा


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा भारत पुगेका छन् । महासचिव गुटेरेस मङ्गलबार राति भारत आइपुगेको भारतीय विदेश मन्त्रालयका एक अधिकारीले बुधबार बताएका छन् ।

महासचिव गुटरेसलाई छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजलगायत अन्य अधिकारीले स्वागत गरेका थिए ।

जनवरी २०२२ मा आफ्नो दोस्रो कार्यकाल सुरु गरेपछि महासचिव गुटेरेसको यो पहिलो भारत भ्रमण हो । उनले यसअघि अक्टोबर २०१८ मा पनि भारत भ्रमण गरेका थिए ।

भ्रमणको क्रममा महासचिव बिहीबार ‘मिसन लाइफ’ पर्यावरणका लागि जीवनशैली पुस्तिका, लोगो र ‘ट्यागलाइन’ को विमोचन कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक कार्यक्रममा सहभागी हुनेछन् ।

भारतीय विदेशमन्त्री एस जयशङ्करले महासचिव गुटरेससँग विश्वव्यापी चासोका मुद्दाका साथै संयुक्त राष्ट्रसङ्गसँग भारतको संलग्नतालाई अझ प्रगाढ बनाउने विषयमा छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ३ : ०६ बजे

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम