भारतीय कांग्रेस अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित « Khabarhub

भारतीय कांग्रेस अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय कांग्रेस पार्टीको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । बुधबार सार्वजनिक गरिएको निर्वाचन परिणामअनुसार खड्गेले ७ हजार ८ सय ९७ मत प्राप्त गरेको इण्डियन एक्सप्रेसको अनलाइन संस्करणले जनाएको छ ।

कूल ९ हजार ३ सय ८५ मतदाता रहेकोमा खड्गेका निकटतम प्रतिद्वन्द्वी शशी थरुरले १ हजार ७२ मत प्राप्त गरेका छन् ।

खड्गेले अब कांग्रेसकी अन्तरिम अध्यक्ष सोनियाँ गान्धीलाई प्रतिस्थापन गर्नेछन् । गान्धी सन् २०१९ यता कांग्रेस पार्टीको अन्तरिम अध्यक्षको भूमिकामा रहेकी छिन् ।

खड्गे विगत दुई दशकमा कांग्रेसको नेतृत्व सम्हाल्ने पहिलो गैर गान्धी परिवारका सदस्य समेत बन्न पुगेका छन् ।

सन् २०१९ मा भएको आम निर्वाचनमा कांग्रेसले राम्रो नतिजा ल्याउन नसकेपछि तात्कालिन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका थिए । राहुलको स्थानमा सोनियाँले पार्टीको नेतृत्व सम्हालेकी हुन् ।

नवनिर्वाचित अध्यक्ष खड्गेलाई पराजित उम्मेदवार थरुरले बधाई दिएका छन् । १ हजार मत प्राप्त गर्नु आफ्ना लागि गौरवको विषय रहेको बताउँदै थरुरले खड्गेलाई सफल कार्यकालको शुभकामना समेत दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ३ : ३१ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न