भारतीय कांग्रेस अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित « Khabarhub

भारतीय कांग्रेस अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय कांग्रेस पार्टीको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । बुधबार सार्वजनिक गरिएको निर्वाचन परिणामअनुसार खड्गेले ७ हजार ८ सय ९७ मत प्राप्त गरेको इण्डियन एक्सप्रेसको अनलाइन संस्करणले जनाएको छ ।

कूल ९ हजार ३ सय ८५ मतदाता रहेकोमा खड्गेका निकटतम प्रतिद्वन्द्वी शशी थरुरले १ हजार ७२ मत प्राप्त गरेका छन् ।

खड्गेले अब कांग्रेसकी अन्तरिम अध्यक्ष सोनियाँ गान्धीलाई प्रतिस्थापन गर्नेछन् । गान्धी सन् २०१९ यता कांग्रेस पार्टीको अन्तरिम अध्यक्षको भूमिकामा रहेकी छिन् ।

खड्गे विगत दुई दशकमा कांग्रेसको नेतृत्व सम्हाल्ने पहिलो गैर गान्धी परिवारका सदस्य समेत बन्न पुगेका छन् ।

सन् २०१९ मा भएको आम निर्वाचनमा कांग्रेसले राम्रो नतिजा ल्याउन नसकेपछि तात्कालिन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका थिए । राहुलको स्थानमा सोनियाँले पार्टीको नेतृत्व सम्हालेकी हुन् ।

नवनिर्वाचित अध्यक्ष खड्गेलाई पराजित उम्मेदवार थरुरले बधाई दिएका छन् । १ हजार मत प्राप्त गर्नु आफ्ना लागि गौरवको विषय रहेको बताउँदै थरुरले खड्गेलाई सफल कार्यकालको शुभकामना समेत दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ३ : ३१ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय