लस्कर–ए–तैएबाका सदस्यलाई आतङ्कवादी घोषणा गर्ने प्रस्ताव चीनद्वारा अस्वीकार « Khabarhub

लस्कर–ए–तैएबाका सदस्यलाई आतङ्कवादी घोषणा गर्ने प्रस्ताव चीनद्वारा अस्वीकार


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले लस्कर–ए–तैएबा (एलइटी) का सदस्यलाई विश्व आतङ्कवादी घोषणा गर्ने भारत र अमेरिकाको प्रस्तावप्रति असहमति जनाएको छ ।

भारत र अमेरिकाको सहयोगमा पाकिस्तानस्थित उक्त समूहका सदस्य शाहिद महमूदलाई विश्व आतङ्कवादीका रूपमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत प्रस्तावलाई चीनले अस्वीकार गरेको हो । यसअघि पनि तीनपटक प्रस्तुत भइसकेको उक्त प्रस्तावको विपक्षमा चीन उभिएको थियो ।

अमेरिका र भारतले बुधवार महमुदलाई राष्ट्रसङ्घीय सुरक्षा परिषद्को १२६७ अल–कायदा प्रतिबन्ध समितिअन्तर्गत विश्वव्यापी आतङ्ककारीका रूपमा कालोसूचीमा राख्ने प्रस्ताव पेश गरेका थिए । एलइटीका सदस्य साजिद मीर, एलईटी र जमात–उद–दवाका नेता अब्दुल रहमान मक्की र अब्दुल रउफलाई आतङ्कवादीमा सूचीकृत गर्न प्रस्ताव गरिएको थियो ।

यसअघि पनि चीनले साजिद मीरलाई विश्व आतङ्कवादी घोषणा गर्ने प्रस्तावलाई अस्वीकार गरेको थियो । उनी एलइटीका शीर्ष ‘कमाण्डर’ हुन् ।

उनी सन् २००८ मा मुम्बईमा भएको आतङ्कवादी हमलाका मुख्य योजनाकार मध्येका एक हुन् । मीर भारत र पश्चिमी देशलगायत धेरै देशका नागरिकहरूको मृत्युका निम्ति जिम्मेवार मानिन्छन् ।

सन् २००८ को नोभेम्बर २६ मा एलइटीका १० जना आतङ्वादी समुद्रीमार्गबाट मुम्बइ पुगेका थिए । उनीहरूले ताज मुम्बइ होटलमा आक्रमण गर्दा १८ जना सुरक्षाकर्मीसहित एक सय ६६ जनाको ज्यान गएको थियो । आतङ्कवादीले तीन दिनसम्म होटलमा बसेकाहरूलाई बन्दी बनाएका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ४ : २० बजे

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको