लस्कर–ए–तैएबाका सदस्यलाई आतङ्कवादी घोषणा गर्ने प्रस्ताव चीनद्वारा अस्वीकार « Khabarhub

लस्कर–ए–तैएबाका सदस्यलाई आतङ्कवादी घोषणा गर्ने प्रस्ताव चीनद्वारा अस्वीकार


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले लस्कर–ए–तैएबा (एलइटी) का सदस्यलाई विश्व आतङ्कवादी घोषणा गर्ने भारत र अमेरिकाको प्रस्तावप्रति असहमति जनाएको छ ।

भारत र अमेरिकाको सहयोगमा पाकिस्तानस्थित उक्त समूहका सदस्य शाहिद महमूदलाई विश्व आतङ्कवादीका रूपमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत प्रस्तावलाई चीनले अस्वीकार गरेको हो । यसअघि पनि तीनपटक प्रस्तुत भइसकेको उक्त प्रस्तावको विपक्षमा चीन उभिएको थियो ।

अमेरिका र भारतले बुधवार महमुदलाई राष्ट्रसङ्घीय सुरक्षा परिषद्को १२६७ अल–कायदा प्रतिबन्ध समितिअन्तर्गत विश्वव्यापी आतङ्ककारीका रूपमा कालोसूचीमा राख्ने प्रस्ताव पेश गरेका थिए । एलइटीका सदस्य साजिद मीर, एलईटी र जमात–उद–दवाका नेता अब्दुल रहमान मक्की र अब्दुल रउफलाई आतङ्कवादीमा सूचीकृत गर्न प्रस्ताव गरिएको थियो ।

यसअघि पनि चीनले साजिद मीरलाई विश्व आतङ्कवादी घोषणा गर्ने प्रस्तावलाई अस्वीकार गरेको थियो । उनी एलइटीका शीर्ष ‘कमाण्डर’ हुन् ।

उनी सन् २००८ मा मुम्बईमा भएको आतङ्कवादी हमलाका मुख्य योजनाकार मध्येका एक हुन् । मीर भारत र पश्चिमी देशलगायत धेरै देशका नागरिकहरूको मृत्युका निम्ति जिम्मेवार मानिन्छन् ।

सन् २००८ को नोभेम्बर २६ मा एलइटीका १० जना आतङ्वादी समुद्रीमार्गबाट मुम्बइ पुगेका थिए । उनीहरूले ताज मुम्बइ होटलमा आक्रमण गर्दा १८ जना सुरक्षाकर्मीसहित एक सय ६६ जनाको ज्यान गएको थियो । आतङ्कवादीले तीन दिनसम्म होटलमा बसेकाहरूलाई बन्दी बनाएका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ४ : २० बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो