म्यान्मारको इन्साइन जेलमा बम विष्फोट हुँदा ८ जनाको मृत्यु « Khabarhub

म्यान्मारको इन्साइन जेलमा बम विष्फोट हुँदा ८ जनाको मृत्यु


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्यान्मारको कुख्यात इन्साइन जेलमा विष्फोट भएको छ । मुलुकको सबैभन्दा ठूलो सहर यङ्गुनमा रहेको उक्त जेलमा विष्फोट हुँदा ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

जेलको प्रवेशद्वारमा दुईवटा पार्सल बम विष्फोट भएको जनाइएको छ । विष्फोटमा मृत्यु हुनेमध्ये तीन जना जेलका कर्मचारी र ५ जना जेल भ्रमणमा आएका मानिसहरु रहेको बीबीसीले जनाएको छ ।

मृतकमध्ये केही महिला र बन्दीका आफन्तहरु समेत रहेको जनाइएको छ ।

उक्त जेलमा १० हजार बन्दी राखिएको बताइन्छ । तीमध्ये अधिकांश राजनीतिक बन्दीहरु रहेका छन् ।

आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन । विष्फोटमा अरु १८ जना घाइते भएका छन् ।

अधिकारीहरुले जेलको हुलाकगृहमा बम विष्फोट भएको बताएका छन् । अर्को विष्फोट नभएको एउटा बम प्लास्टिकले बेरेर राखेको अवस्थामा पछि फेला परेको थियो ।

पूर्व राजधानी सहरमा रहेको उक्त जेल विशाल क्षेत्रफलमा फैलिएको छ । उक्त जेलभित्र बन्दीहरुमाथि यातना, दुव्र्यवहार र अन्य अमानवीय घटना हुने गरेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ४ : ४२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित