रुसले अलास्कानजिकै बमवर्षक विमान उडाएपछि अमेरिकाद्वारा लडाकु विमान परिचालन « Khabarhub

रुसले अलास्कानजिकै बमवर्षक विमान उडाएपछि अमेरिकाद्वारा लडाकु विमान परिचालन


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाको अलास्का राज्यनजिकै रुसी वायुसेनाले वमवर्षक विमान उडाएपछि अमेरिकाले पनि लडाकु विमान परिचालन गरेको छ ।

अलास्का राज्यनजिकैबाट रुसी वायुसेनाका दुई बमवर्षक विमानले उडान भरेपछि अमेरिकी वायुसेनाका दुई एफ १६ लडाकु जेट परिचालन गरिएको उत्तर अमेरिकी हवाई रक्षा कमाण्ड नोराडले जनाएको छ ।

रुसी वायुसेनाका दुई टुपोलेभ टियू ९५ बेयर एच बमवर्षक विमानले अलास्काको हवाई रक्षा पहिचान क्षेत्र (एडीआईएजेड) मा उडान भरेको नोराडले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

ती बमवर्षक विमानले अमेरिकी वा क्यानाडेली सार्वभौम हवाई क्षेत्रमा प्रवेश नगरेपनि हवाई रक्षा पहिचान क्षेत्रमा उडान भरेको नोराडले जनाएको छ । राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै उक्त क्षेत्रमा उडान भर्ने जहाजको पहिचान गर्ने गरिएको बताइएको छ ।

अमेरिका र क्यानाडाको संयुक्त रक्षा संगठन नोराडले रुसी हवाई गतिविधिबाट कुनै उत्तेजना वा खतरा उत्पन्न नभएको जनाएको छ ।

युक्रेनमा जारी रुसी आक्रमणसँगै रुस र अमेरिकाबीच तनाव बढिरहेका बेला रुसी वायुसेनाले अलास्काको हवाई क्षेत्रनजिकैबाट बमवर्षक विमान उडाएको हो ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ५ : २६ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल