बझाङमा जिप दुर्घटना : छ जनाको मृत्यु « Khabarhub

बझाङमा जिप दुर्घटना : छ जनाको मृत्यु


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । आज दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जिप दुर्घटना भएको हो । 

जिप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अडकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए । उनका अनुसार जिपमा कति जना सवार थिए भन्ने खुलेको छैन । अहिलेसम्म छ जनाको शव फेला परेको र कति जना घाईते भएका छन् भन्ने यकिन नभएको सूचना अधिकारी अवस्थीले जानकारी दिए ।

मृतकको सनाखत हुन बाँकी छ । घाइतेहरूको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउँदै छन् । सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कँदै गरेका यात्रुहरू दुर्घटनामा परेको मष्टा गाँउपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए । भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ५ : ३९ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा