बझाङमा जिप दुर्घटना : छ जनाको मृत्यु « Khabarhub

बझाङमा जिप दुर्घटना : छ जनाको मृत्यु


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । आज दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जिप दुर्घटना भएको हो । 

जिप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अडकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए । उनका अनुसार जिपमा कति जना सवार थिए भन्ने खुलेको छैन । अहिलेसम्म छ जनाको शव फेला परेको र कति जना घाईते भएका छन् भन्ने यकिन नभएको सूचना अधिकारी अवस्थीले जानकारी दिए ।

मृतकको सनाखत हुन बाँकी छ । घाइतेहरूको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउँदै छन् । सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कँदै गरेका यात्रुहरू दुर्घटनामा परेको मष्टा गाँउपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए । भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ५ : ३९ बजे

सङ्खुवासभामा एमालेको अग्रता, रास्वपा पछ्याउँदै

किमाथाङ्का (सङ्खुवासभा)- प्रतिनिधिसभा सदस्य निर्वाचनमा सङ्खुवासभामा नेकपा (एमाले)का अर्जुनकुमार कार्कीको

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली)- कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन सुशासन कायम गराउन सफल : गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा निर्वाचन

भोजपुरमा श्रमसंस्कृतिका ध्रुवराज विजयी, एमाले सचिव शेरधन पराजित

भोजपुर – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत भोजपुरमा ‘माटो’ चुनाव चिह्नबाट