साइक्लिङमा विभागीय खेलाडीको वर्चस्व | Khabarhub Khabarhub

साइक्लिङमा विभागीय खेलाडीको वर्चस्व


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण– गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङमा विभागीय टिम हाबी भएको छ । 

प्रतियोगितामा जसअन्तर्गत नेपाल आर्मीले चार स्वर्ण, एपिएफले दुई स्वर्ण, बागमती र गण्डकीले एक–एक स्वर्णपदक प्राप्त गर्न सफल भएका छन् । रजत पदकतर्फ आर्मीले चार, एपिएफले तीन र बागमतीले एक पदक जितेको छ । कांस्य पदकमा एपिएफले चार, आर्मीले तीन र गण्डकीले एक पदक जित्न सफल भएको छ । 

विधागततर्फ नेपाल आर्मीले महिला/पुरुष डाउन हिलमा दुई, इन्डिभिज्युअल टाइम ट्रायलमा एक र रोड रेस मास स्टार्टमा एक स्वर्ण पदक जितेको छ । एपिएफले क्रस कन्ट्रीमा एक र इन्डिभिज्युअल टाइम ट्रायलमा एक गरी दुई स्वर्णपदक जितेको छ । 

बागमती प्रदेशले क्रस कन्ट्री विधा र गण्डकीले रोड रेस मास स्टार्ट विधामा एक/एक स्वर्ण जितेका हो । साइक्लिङको सबै विधा सकिएको छ । साइक्लिङमा चार विधामा पुरुष र महिला गरी आठ स्वर्ण पदकका लागि  प्रतिस्पर्धा भएको थियो । 

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : ०९ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये