साइक्लिङमा विभागीय खेलाडीको वर्चस्व « Khabarhub

साइक्लिङमा विभागीय खेलाडीको वर्चस्व


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण– गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङमा विभागीय टिम हाबी भएको छ । 

प्रतियोगितामा जसअन्तर्गत नेपाल आर्मीले चार स्वर्ण, एपिएफले दुई स्वर्ण, बागमती र गण्डकीले एक–एक स्वर्णपदक प्राप्त गर्न सफल भएका छन् । रजत पदकतर्फ आर्मीले चार, एपिएफले तीन र बागमतीले एक पदक जितेको छ । कांस्य पदकमा एपिएफले चार, आर्मीले तीन र गण्डकीले एक पदक जित्न सफल भएको छ । 

विधागततर्फ नेपाल आर्मीले महिला/पुरुष डाउन हिलमा दुई, इन्डिभिज्युअल टाइम ट्रायलमा एक र रोड रेस मास स्टार्टमा एक स्वर्ण पदक जितेको छ । एपिएफले क्रस कन्ट्रीमा एक र इन्डिभिज्युअल टाइम ट्रायलमा एक गरी दुई स्वर्णपदक जितेको छ । 

बागमती प्रदेशले क्रस कन्ट्री विधा र गण्डकीले रोड रेस मास स्टार्ट विधामा एक/एक स्वर्ण जितेका हो । साइक्लिङको सबै विधा सकिएको छ । साइक्लिङमा चार विधामा पुरुष र महिला गरी आठ स्वर्ण पदकका लागि  प्रतिस्पर्धा भएको थियो । 

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : ०९ बजे

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

काठमाडौं – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर – बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको