टाटा मोटर्सद्वारा विद्युतीय गाडीको आपूर्तिमा वृद्धि | Khabarhub Khabarhub

टाटा मोटर्सद्वारा विद्युतीय गाडीको आपूर्तिमा वृद्धि


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हजार भन्दा बढी बुकिङसहित टाटा मोटर्स को सबै भन्दा मन पराइएको लोकप्रिय नेक्सनटिगोर मोडेलको विद्युतीय गाडीहरूको माग नेपाली बजारमा तीब्र गतिमा बढिरहेको छ । टाटा मोटर्स को विद्युतीय गाडीको माग आन्तरिक बाह्य दुवै बजारमा वृद्धि भइरहेको छ । यो तथ्यलाई मध्यनजर गर्दै कम्पनीले तिन चरण मार्फत आफ्नो पोर्टफोलियोको विस्तार गर्ने घोषणा गरेको छ । नेपाली बजारको मागलाई प्रभावकारी तवरले परिपूर्ति गर्न कम्पनीले हरेक महिना २०० वटा भन्दा बढी यस्ता विद्युतीय गाडीको आपूर्ति गरिरहेको छ । यस किसिमको आपूर्तिमा वृद्धि हुँदा बुकिङ गरेर गाडी कुरिरहेका ग्राहकले धेरै समयसम्म प्रतिक्षा गर्नुपर्ने छैन ।

यसैगरी फोर्ड इन्डिया प्रा.लि. को सनंद प्लान्ट खरिद गर्न युनिट ट्रान्सफर सम्झौता गरेको छ । प्राविधिक रूपले समुन्नत यसको प्रतिवर्ष ४,२०,००० इकाई विद्युतीय गाडी उत्पादन गर्ने क्षमता हुनेछ । कम्पनीले यो प्लान्टमा आवश्यक लगानी यसलाई आफ्नो वर्तमान र भविष्यको भेहिकल प्ल्याटफर्म अनुरूप विकास गर्नेछ । टाटा मोटर्सले विभिन्न डिजाइन र मूल्यमा उपलब्ध हुने १० वटा विद्युतीय गाडी बजार ल्याउने तयारी गर्दैछ ।

टाटा मोटर्स ले नेपालमा नेक्सनटिगोर मोडेलको विद्युतीय गाडीहरूको बिक्रीवितरण प्रारम्भ गरेको एक वर्ष सफलताका साथ पूरा गरिसकेको । चार्जिङ र ग्राहक सेवा सम्बन्धी वृहत पूर्वाधारसहित यी गाडीहरूले निरन्तर बजार विस्तार भइरहेको छ।

टाटा मोटर्स को नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदीले नेपालकै सबैभन्दा धेरै १९ वटा फास्ट चार्जिङ स्टेसन र १०० वटा स्लो चार्जिङ स्टेसनको स्थापना गरेको छ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : ४१ बजे

महानगरभित्र फोहर तथा प्लास्टिकजन्य बस्तु बाल्न प्रतिबन्ध 

काठमाडौं– काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य

सुरक्षण मुद्रण केन्द्रको सञ्चालनपछि अर्बौँको बचत

काभ्रेपलान्चोक- काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ

उमा कुङफुको ग्रोडिङ

काठमाडौं– नेपाल उमा कुङफु संघको आयोजनामा स्वयम्भूस्थित स्प्रिङसाइन नेसनल स्कुलका

 क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि

काठमाडौं– तेस्रो संस्करणको सीई कर्पोरेट टि–टेन इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि

बेमौसमी वर्षा : दुई अर्बभन्दा बढीको क्षति

विराटनगर– अविरल वर्षाबाट कोशी प्रदेशमा कूल दुई अर्ब पाँच करोड