अफगानिस्तानमा हजारा समुदायविरुद्ध जारी दमनको विरोधमा पाकिस्तानमा प्रदर्शन « Khabarhub

अफगानिस्तानमा हजारा समुदायविरुद्ध जारी दमनको विरोधमा पाकिस्तानमा प्रदर्शन


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा अल्पसङ्ख्यक हजारा समुदायविरुद्ध जारी दमनविरुद्ध पाकिस्तानमा प्रदर्शनको आयोजना गरिएको छ ।

पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा हजारा समुदायका मानिसहरुले अफगानिस्तानमा हजाराविरुद्ध जारी दमनको विरोधमा प्रदर्शनको आयोजना गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

अफगानिस्तानमा अल्पसङ्ख्यक शिया सम्प्रदायका हजारा समुदायलाई लक्षित गरी बेलाबेला आक्रमणहरु हुँदै आएका छन् । केही समयअघि राजधानी काबुलमा गराइएको आत्मघाती बम आक्रमणमा ५२ जनाको मृत्यु भएको थियो । मारिनेमा अधिकांश हजारा समुदायका विद्यार्थीहरु रहेको जनाइएको छ ।

प्रदर्शनमा हजारा समुदायका नेताहरु, इस्लामिक नेताहरु, नागरिक समुदायका सदस्य एवम् आम सर्वसाधारणको उपस्थित रहेको डनले जनाएको छ । उनीहरुले अफगानिस्तानमा हजाराविरुद्ध जातीय नरसंहार भइरहेको भन्दै त्यसलाई तत्काल रोक्न माग गरेको बताइएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : ५१ बजे

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल