अफगानिस्तानमा हजारा समुदायविरुद्ध जारी दमनको विरोधमा पाकिस्तानमा प्रदर्शन « Khabarhub

अफगानिस्तानमा हजारा समुदायविरुद्ध जारी दमनको विरोधमा पाकिस्तानमा प्रदर्शन


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा अल्पसङ्ख्यक हजारा समुदायविरुद्ध जारी दमनविरुद्ध पाकिस्तानमा प्रदर्शनको आयोजना गरिएको छ ।

पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा हजारा समुदायका मानिसहरुले अफगानिस्तानमा हजाराविरुद्ध जारी दमनको विरोधमा प्रदर्शनको आयोजना गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

अफगानिस्तानमा अल्पसङ्ख्यक शिया सम्प्रदायका हजारा समुदायलाई लक्षित गरी बेलाबेला आक्रमणहरु हुँदै आएका छन् । केही समयअघि राजधानी काबुलमा गराइएको आत्मघाती बम आक्रमणमा ५२ जनाको मृत्यु भएको थियो । मारिनेमा अधिकांश हजारा समुदायका विद्यार्थीहरु रहेको जनाइएको छ ।

प्रदर्शनमा हजारा समुदायका नेताहरु, इस्लामिक नेताहरु, नागरिक समुदायका सदस्य एवम् आम सर्वसाधारणको उपस्थित रहेको डनले जनाएको छ । उनीहरुले अफगानिस्तानमा हजाराविरुद्ध जातीय नरसंहार भइरहेको भन्दै त्यसलाई तत्काल रोक्न माग गरेको बताइएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : ५१ बजे

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम