सशस्त्र प्रहरीका एआईजी दाहाललाई दर्ज्यानी चिह्न प्रदान « Khabarhub

सशस्त्र प्रहरीका एआईजी दाहाललाई दर्ज्यानी चिह्न प्रदान


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा पदोन्नति भएका बंशीराज दाहाललाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

मन्त्रिपरिषद्को असोज २८ गतेको निर्णयअनुसार उनी सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका हुन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोकमा आज आयोजित एक समारोहका बीच दाहाललाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले कुनै पनि सङ्गठनमा सेवारत रहँदा पदोन्नति महत्वपूर्ण रहने उल्लेख गर्दै बढुवासँगै थपिएको पदीय दायित्व पूर्ण व्यवसायिक र जिम्मेवारीका साथ निर्वाह गर्न निर्देशन दिए । उनले सशस्त्र प्रहरी कर्मचारीहरुलाई इमान्दार, कर्तव्यनिष्ठ भई देश र आम नागरिकको सुरक्षामा क्रियाशील हुन निर्देशन दिए ।

साथै उनले नेपालको सीमा सुरक्षामा डेडिकेटेड फोर्सको रुपमा परिचालन गर्ने नीतिअनुरुप देशको सीमानाको रेखदेख, सीमा अपराध नियन्त्रण, अवैध चोरीपैठारी तथा राजस्व चुहावट नियन्त्रणमा आवश्यक योजनासहित उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्नसमेत निर्देशन दिए ।

उनले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सशस्त्र प्रहरी बलको भूमिका महत्वपूर्ण रहने बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ९ : २७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा