मलेसियामा जेल जीवन बिताएर स्वदेश फर्किए १ सय ११ नेपाली « Khabarhub

मलेसियामा जेल जीवन बिताएर स्वदेश फर्किए १ सय ११ नेपाली



दोहा – मलेसियामा लामो जेल सजाय काटेर १ सय ११ जना नेपाली स्वदेश फर्किएका छन्। साउनदेखि कात्तिक मसान्तसम्ममा मलेसियाका विभिन्न अध्यागमन सेन्टरमा रहेका १ सय ११ जना नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फर्काइएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ।

सबैजना विभिन्न तरिकाले मलेसियाको कानुन उलंघन गरेको आरोपमा मलेसियाको अध्यागमनले पक्राउ गरेको र जेल सजाय कटाएर त्यहाँको विभिन्न घरफिर्ती केन्द्रमा रहेका उनीहरुलाई कानुनी प्रक्रिया पूरा गरेर स्वदेश फर्काइएको हो।

दूतावासले उनीहरु सबैको यात्रा अनुमतिपत्र तयार गरेपछि स्वदेश फर्काउन सफल भएको जनाएको छ। मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाई, व्यवहारजन्य समस्या लगायतक कारण नेपाली जेल पर्ने गरेका छन्।

त्यसैगरी सोही अवधिमा मलेसियामा अवैधानिक भएर अलपत्र भएका ५२ जना नेपाली नागरिक दूतावासको सहयोगमा अध्यागमन सम्बन्धी आवश्यक प्रक्रिया पूरा गरेर नेपाल फर्काइएको दूतावासले जनाएको छ।

कुनै पनि कानुनको उलङ्घन नगर्न र कुनै करणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको जनाएको छ। मलेसिया कानुनी तथा गैरकानुनी गरेर तीन लाख ५० हजार हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ७ : २५ बजे

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर