मलेसियामा जेल जीवन बिताएर स्वदेश फर्किए १ सय ११ नेपाली « Khabarhub

मलेसियामा जेल जीवन बिताएर स्वदेश फर्किए १ सय ११ नेपाली



दोहा – मलेसियामा लामो जेल सजाय काटेर १ सय ११ जना नेपाली स्वदेश फर्किएका छन्। साउनदेखि कात्तिक मसान्तसम्ममा मलेसियाका विभिन्न अध्यागमन सेन्टरमा रहेका १ सय ११ जना नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फर्काइएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ।

सबैजना विभिन्न तरिकाले मलेसियाको कानुन उलंघन गरेको आरोपमा मलेसियाको अध्यागमनले पक्राउ गरेको र जेल सजाय कटाएर त्यहाँको विभिन्न घरफिर्ती केन्द्रमा रहेका उनीहरुलाई कानुनी प्रक्रिया पूरा गरेर स्वदेश फर्काइएको हो।

दूतावासले उनीहरु सबैको यात्रा अनुमतिपत्र तयार गरेपछि स्वदेश फर्काउन सफल भएको जनाएको छ। मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाई, व्यवहारजन्य समस्या लगायतक कारण नेपाली जेल पर्ने गरेका छन्।

त्यसैगरी सोही अवधिमा मलेसियामा अवैधानिक भएर अलपत्र भएका ५२ जना नेपाली नागरिक दूतावासको सहयोगमा अध्यागमन सम्बन्धी आवश्यक प्रक्रिया पूरा गरेर नेपाल फर्काइएको दूतावासले जनाएको छ।

कुनै पनि कानुनको उलङ्घन नगर्न र कुनै करणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको जनाएको छ। मलेसिया कानुनी तथा गैरकानुनी गरेर तीन लाख ५० हजार हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ७ : २५ बजे

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका