ट्वीटर कार्यालय केही दिनका लागि बन्द « Khabarhub

ट्वीटर कार्यालय केही दिनका लागि बन्द


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – ट्विटरले कर्मचारीलाई कम्पनीको कार्यालय भवनहरू अस्थायी रूपमा बन्द गरिने बताएको छ। कामदारहरूलाई बन्द कार्यालय नोभेम्बर २१ सोमबारदेखि खुल्ने भनिएको छ।

नयाँ मालिक एलोन मस्कले उनीहरूलाई “उच्च तीव्रतामा लामो समयसम्म’’ साइन अप गर्न वा छोड्न आह्वान गरेपछि ठूलो संख्यामा कर्मचारीहरूले काम छोडेको रिपोर्टबीच केही दिनका लागि ट्वीटरको कार्यलय बन्द हुने भएको हो।

कर्मचारीलाई पठाइएको सन्देशमा भनिएको छ, ‘कृपया सामाजिक सञ्जाल, प्रेस वा अन्य ठाउँमा कम्पनीको गोप्य जानकारीको बारेमा छलफल नगरी कम्पनी नीतिको पालना गर्न जारी राख्नुहोस्।’

यो साता मस्कले ट्वीटरका कर्मचारीहरूलाई “उच्च तीव्रतामा लामो समयसम्म’’काम गर्न प्रतिबद्ध हुनुपर्ने वा कम्पनी छोड्नु पर्ने बताएका थिए।

कामदारहरू कार्यालयमा बस्न चाहेमा वाचामा सहमत हुनुपर्ने मस्कले बताएको वाशिंगटन पोस्टले जनाएको छ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ७ : ५२ बजे

अव्यवस्थित पार्किङ र साँघुरो सडकले मैनापोखरीमा बढ्यो दुर्घटनाको जोखिम

दोलखा– दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–५ स्थित मैनापोखरी बजारमा साँघुरो सडक

ईयू–क्यानाडा सहकार्य विस्तारको तयारी

स्ट्रासबर्ग – बदलिँदो विश्व परिस्थितिका बीच आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासस्वरूप

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन 

काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन