राजनीतिक प्रतिफलको पर्खाइमा किसान « Khabarhub

राजनीतिक प्रतिफलको पर्खाइमा किसान

कृषिमा वर्ष दिनमा प्रतिफल, राजनीतिमा कहिले ?



काठमाडौँ – पाँच वर्षपछि चुनाव आएको छ। यसपटकको चुनावको लागि भोट हाल्न केही घण्टा बाँकी छ। मौन अवधिमा पनि नेता गाउँगाउँ मतदाता रिझाउन लागि परेकै देखिन्छ। गाउँमा ठूला सभा सम्मेलन गर्न रोक लगाए पनि नेता र कार्यकर्ता पैसा बाँडेर मतदान प्रभावित पार्न लागि परेकै छन्।

त्यसरी प्रभावित पार्ने केही नेता कार्यकर्ता प्रहरीको फन्दामासमेत परिसकेका छन्। तर, केही राजनीतिक दलका उम्मेद्वार पक्राउ नै परेका छन्। यसले खास उम्मेद्वारलाई ठूलो त्रास थपेको छ। यस विषयमा निर्वाचन आयोगले कसरी आगामी कदम चाल्छ, त्यसमा पैसा बाँड्ने नेता कार्यकर्ताको भविष्य निर्धारण हुनेछ। त्यत्ति मात्र होइन नेताको भविष्य भोलिसम्म जनताको हातमा छ।

गाउँदेखि ठूला सहर हुँदै राजधानीमा चुनावी रौनक छ। जुन स्वभाविक हो। तर, विशेष गरेर गाउँमा भने यतिबेला कृषिकर्मको चटारो बढेको छ। चुनाव सुरु भएको बेलामा धान काट्ने लहर छ। चुनाव अगाडि मात्र दसैं र तिहारमा रमाएका किसान यत्तिबेला काममा व्यस्त छन्। अहिले धान काटेर किसान गहुँ लगाउने तयारी गरिरहेका छन्। केही ठाउँमा गहुँ लगाउने काम पनि सुरु भइसकेको छ।

उम्मेदवार आमसभा, घरदैलो अभियान गर्न व्यस्त भए। निर्वाचन आयोग पनि मतदातालाई मतदानसम्बन्धी शिक्षा दिन व्यस्त छ।

अधिकांश युवा नेता कार्यकर्ताकै पछि लाग्छन्। त्यसमाथि राजनीतिक दलका उम्मेद्वारले नै चन्दा उठाएर मतदातालाई सहरबाट गाउँ झार्ने गरेका छन्।

उम्मेद्वारले गाउँगाउँमा पुगेर प्रचारप्रसार गर्दा खेतमा धनका बाला झुलेका थिए। बारीको कोदो पाक्न थालेको छ। किसानलाई चुनावको भन्दा धान र कोदो कसरी घरमा ल्याउने भन्ने चिन्ता छ।

एकातिर असार साउनमा लगाइएको अन्न पाकेर थन्क्याउने कामले किसानलाई भ्याई नभ्याई रहेको छ भने अर्को तिर नेता कार्यकर्ता झन्डा लिएर गाडी गाडीमा आ–आफ्नो पार्टीका गीत बजाएर मत माग्दै गाउँगाउँ पसेका छन्।

उम्मेदवार आफ्ना एजेन्डा लिएर विभिन्न ठाउँमा घर दैलो कार्यक्रम गर्दै हिँडेका छन्। मौन अवधि भए पनि उम्मेद्वार भित्रभित्रै प्रचारप्रसार गरिरहेका छन्।

यो मंसिरको महिनामा धेरै किसान घरमा भ्याइनभई खेत बारीमा हुने हुँदा धेरै नेता कार्यकर्ता खेत बारीमा नै पुगेर काममा केही सहयोग गरेको जस्तो गरेर मत माग्न व्यस्त देखिन्छन्। यो नौलो कुरा पनि होइन।

त्यस्तै, चुनावको तयारी गरिरहेका नेता कार्यकर्ता धेरै किसान खेतबारीमा भेटिने हुँदा सो स्थानमा नै पुगेर मत माग्नमा व्यस्त भएका हुन्। काठमाडौंमा बस्ने युवा पनि धेरै चुनाव नजिकिएसँगै गाउँघर पुगेका छन्।

असारमा रोपेको धान र कोदो अहिले धमाधम थन्क्याउने काम भइरहँदा काठमाडौंबाट गाउँघर पुगेका युवा केवल भोट हाल्ने प्रयोजनका लागि पुगेका छन्।

उनीहरु घरको काम गर्दैनन्। अधिकांश युवा नेता कार्यकर्ताकै पछि लाग्छन्। त्यसमाथि राजनीतिक दलका उम्मेद्वारले नै चन्दा उठाएर मतदातालाई सहरबाट गाउँ झार्ने गरेका छन्।

दोलखाका किसान पदम ध्वज अधिकारी नेता कार्यकर्ताहरू खेत बारीमा आफू काम गरेको ठाउँमा नै आएर मत माग्दै हिँड्दा काममा पनि सहयोग भएको बताउँछन्। छोटो समय भए पनि नेता अब घर घरमा होइन, खेतबारीमै भोट माग्न पुगिरहेका छन्।

देशका विभिन्न ठाउँमा धेरै नेता तथा कार्यकर्ता किसानका खेतबारीमा पुगेर भोट माग्दै गरेको सामाजिक सञ्जालमा हेर्न सकिन्छ। कतिपय नेता कार्यकर्ताले धान झार्दै गरेको पनि देखिन्थे।

यो अनौठो होइन। तर सत्य चाहिँ किसानले रोपेको एक वर्षपछि अन्नबाली उब्जनी हुन्छ। तर, त्यसरी वर्षदिन होइन, केही महिना चुनाव प्रचार गरेर पाँच वर्षसम्म नेता तथा उम्मेद्वारले जनताले के दिन्छन् ? देशमा कति अर्थोपार्जन हुन्छ ? देशमा कसरी आर्थिक विकास हुन्छ ? त्यसतर्फ कसैले सोचेको देखिँदैन।

देशका विभिन्न ठाउँमा धेरै नेता तथा कार्यकर्ता किसानका खेतबारीमा पुगेर भोट माग्दै गरेको सामाजिक सञ्जालमा हेर्न सकिन्छ। कतिपय नेता कार्यकर्ताले धान झार्दै गरेको पनि देखिन्थे। तर मौन अवधि सुरु भएपछि उनीहरु मौन भएर भोट माग्न व्यस्त छन्।

नेता भोट माग्न व्यस्ता हुँदा यतिबेला धेरै मतदाताले सोच्दैछन्, अन्नबालीले एक वर्षमा मनग्य उत्पादन दिन्छ। जसरी सिंचाई, मलजल र स्याहार भयो भने राम्रै कमाई र आम्दानी हुन्छ।तर केही दिन घरमा भोट माग्न आउने नेताले देशलाई कति दिएका छन् ? देशमा के गरेका छन् ? कति उत्पादन गरेका छन् ? देशको आर्थिक अवस्था कहाँ पुर्याएका छन् ? साँच्चै सोचनीय विषय छ।

यसपटक पुराना दलका उम्मेद्वारलाई पनि चुनौती दिँदै नयाँ र स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा छन्। त्यो चुनावीले देशमा केही न केही गर्छ भन्ने आश आम मतदातामा छ तर आफूले खेतबारीमा गरेको दुःख जुन एक वर्षमै आउँछ। तर पाँच वर्षलाई सोचेर तपाईंले दिने मतले कहिले खुशी फर्किन्छ ? कहिले देशको समृद्धि हुन्छ ? कहिले जनताको जनजीवन सुध्रिन्छ ? त्यसैले यसपटक सोचेर मात्रै मतदान गर्नुपर्ने दायित्व आम मतदातामा छ।

पाँच वर्षका लागि जनताले निर्णय गरेर जनप्रतिनिधि छान्न अब केही घण्टा मात्र बाँकी छ । गाउँगाउँ र खेतखेतमा मत माग्न पुगेका नेतासँग जनताको एउटै जिज्ञासा छ, असारमा रोपेको धान मंसिरमा पाकिसक्यो । हाम्रो मतले नेता धेरै बनिसके तर हामीले कहिले पाउने राजनीतिको प्रतिफल ?

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : २८ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको