कर्णालीमा सुरक्षा व्यवस्था कडा « Khabarhub

कर्णालीमा सुरक्षा व्यवस्था कडा


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशमा चुनावको तयारी अन्तिम चरणमा पुगेको छ। १० वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ भने कर्मचारी मतदान केन्द्र पुगेका छन्। मतपत्रसहितका सामग्री पनि पुगिसकेको जनाइएको छ। मतदान केन्द्र निर्माण भइरहेका छन्। आइतबार बिहान ७ बजेबाट मतदान हुनेछ।

कर्णालीमा १४ हजार ८०७ सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदेश प्रहरी प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार पाँच हजार सात सय २९ जना नेपाल प्रहरी र नौ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार ८०७ जना सुरक्षाकर्मी परिचालन भएका हुन्। मतदान स्थल रहेको वडा क्षेत्रमा पैदल गस्ती, प्रत्येक नगरपालिका तथा गाउँपालिकामा प्रहरी अधिकृतको कमान्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाएको छ।

कर्णालीमा १० लाख ८ हजार ४०३ मतदाता छन् भने १ हजार ४ सय ७६ मतदान केन्द्र छन्। कर्णालीमा सुरक्षाका दृष्टिकोणले ३ सय ४५ मतदान केन्द्र अति संवेदनशीलमा राखिएको छ भने ४ सय १३ मतदान केन्द्र संवेदनशील रहेका छन्। माथिल्लो कर्णालीका जिल्लामा हिमपात सुरु भएका कारण हेलिकप्टर मतपेटिका ढुवानी तथा निर्वाचन सामग्री ओसारपसार गरिएको निर्वाचन आयोगले जनाएको छ।

सुर्खेत जिल्लाभर सशस्त्र प्रहरीको १२ वटा मोबाइल टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरीकै चार वटा स्ट्राइकर फोर्स र दुइटा निर्वाचन सुरक्षा बेस परिचालन गरिएको छ। सुर्खेतका १३९ स्थायी मतदान स्थल, दुइटा अस्थायी मतदान स्थल अन्तर्गतका २९३ वटा मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेका छन्।

चीनको तिब्बतसँग जोडिएका कर्णालीका सीमा नाका बिहीबार राती १२ बजेदेखि नै बन्द गरिएको छ। निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई कडाइका लागि कर्णाली र तिब्बतसँग जोडिएका सीमा नाका बन्द गरिएको हो। चीनको तिब्बतसँग नाका जोडिएका कर्णाली प्रदेशका हुम्ला र डोल्पा जिल्लाका सीमा नाकामा सुरक्षा व्यवस्थालाई कडाइ पारिएको हो। हिमाली जिल्ला हुम्लामा चीनसँग जोडिएका सीमा नाका बन्द गरिएको हो।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ११ : ०५ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई