अण्डर-१९ राष्ट्रिय क्रिकेट : गण्डकीको टोली घोषणा | Khabarhub Khabarhub

अण्डर-१९ राष्ट्रिय क्रिकेट : गण्डकीको टोली घोषणा


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की – राजधानी काठमाडौँमा सञ्चालन हुने ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घले यही मङ्सिर ७ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि १४ नियमित र चार वैकल्पिक गरी १८ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो।

गण्डकीको टोलीको कप्तानीको जिम्मा सुवास भण्डारीले पाएका छन् भने उपकप्तान दीपक डुम्रे छन्। टोलीका सदस्यहरूमा अर्जुन कुमाल, गोविन्द विक, सोहेल कुँवर, करन पँगेनी, सचिन अधिकारी, सिव्रिन श्रेष्ठ, अपराजित पौडेल, सुजन गौतम, किरण भट्टराई, नितेश गिरी, सुदीप अर्याल र शिशिर भुसाल छन्।

यसैगरी वैकल्पिक खेलाडीहरूमा विवेक नेपाली, सुगन सापकोटा, संयोग बस्याल र विपिनराज न्यौपाने छन्। गण्डकीको टिम प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापक दिवाकर थापा रहेको गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुले जानकारी दिए।

गण्डकी प्रदेशले पोखरामा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरी खेलाडीहरू छनोट गरेको हो। पोखरामा कात्तिक २४ देखि मङ्सिर १ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन भएको थियो। ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगितामा देशका सात वटै प्रदेशले सहभागिता जनाएका छन्।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ११ : ३६ बजे

कर्णालीविरुद्ध चितवनको जवाफी ब्याटिङ (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका बलरहरुले

अभिनेत्री साम्राज्ञी शाहले गरिन् इन्गेजमेन्ट 

काठमाडौं– नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले इन्गेजमेन्ट गरेकी छिन् ।

कर्णाली सरकारले तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने

काँक्रेविहार– कर्णाली प्रदेश सरकारले तुइन पूर्ण रुपमा मुक्त गर्ने योजनालाई

दीपक पनि आउट भएपछि दबाबमा चितवन, गुमायो तीन विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका

हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने अनुमान

काठमाडौं–  सरकारले हिउँदमा हिमाली तथा उच्च पहाडी र तराई-मधेसमा सम्भावित