ट्वीटरविरुद्ध फरक क्षमताका कामदारको उजुरी | Khabarhub Khabarhub

ट्वीटरविरुद्ध फरक क्षमताका कामदारको उजुरी


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – कर्मचारीहरूले टाढाबाट काम गर्न अनुमति नदिने तथा उच्च तीव्रतामा लामो समय काम गर्न दिएको एलन मस्को आदेशले अपाङ्गता भएका कामदारहरू विरुद्ध भेदभाव गरेको भन्दै मस्कविरुद्ध मुद्दा दायर भएको छ ।

क्यालिफोर्नियास्थित इन्जिनियरिङ प्रबन्धक दिमित्री बोरोडेन्कोले कार्यालयमा रिपोर्ट गर्न अस्वीकार गर्दा ट्विटरले यस हप्ता आफूलाई बर्खास्त गरेको भन्दै बुधवार सान फ्रान्सिस्को संघीय अदालतमा कम्पनीविरुद्ध उजुरी दिएका हुन् ।

ट्विटरका कर्मचारीहरूलाई कार्यालयमा फर्कन वा छोड्न मस्कको हालैको  आह्वानले संघीय अमेरिकी असक्षमता ऐन (एडीए) को उल्लङ्घन गरेको बोरोडेन्कोले उजुरीमा उल्लेख गरेका छन् । एडीएले अपाङ्गता भएका कामदारहरूलाई उचित आवास प्रदान गर्न आवश्यक रहेको बताउँदै आएको छ ।

उजुरी अनुसार बोरोडाएन्कोमा शारीरिक असक्षमता भएको र यसले उनलाई कोभिड १९ का दृष्टिले जोखिममा राखेको मुद्दामा भनिएको छ । कर्मचारीहरूले मस्कको मापदण्डहरू पूरा गर्न नसकेपछि राजीनामा दिन बाध्य भएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १२ : ०८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’