प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागी महोत्तरीमा सबै क्षेत्रको तयारी पूरा « Khabarhub

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागी महोत्तरीमा सबै क्षेत्रको तयारी पूरा


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि महोत्तरीमा सबै क्षेत्रको तयारी पूरा भएको छ । जिल्लाका चार वटै क्षेत्रमा निर्धारण गरिएको ४९९ मतदान केन्द्र र २५८ मतदानस्थलमा सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकृत सुबोधकुमार महतोले जानकारी दिए ।

जिल्लाका चार निर्वाचन क्षेत्र छन् । भूगोलअनुसार नै मतदान केन्द्र र मतदानस्थलको व्यवस्थापन गरिएको छ । निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभाको लागि ५९ वटा मतदानस्थल र १२३ वटा मतदान केन्द्र छन् ।जसमध्ये क मा ३१ वटा मतदानस्थल र ६५ वटा मतदान केन्द्र, ख मा २८ वटा मतदानस्थल र ५८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

यस्तै, निर्वाचन क्षेत्र २ मा ६२ वटा मतदानस्थल र १२६ वटा मतदान केन्द्र रहेका छन् । जसमध्ये क मा २९ मतदानस्थल, ६० मतदान केन्द्र, ख मा ३३ मतदानस्थल र ६६ मतदान केन्द्र छन ।

निर्वाचन क्षेत्र ३ मा ७७ वटा मतदानस्थल र १२८ वटा मतदान केन्द्रगरी सबैभन्दा बढी छन्  ।  क मा ३३ मतदानस्थल र ६२ मतदान केन्द्र, ख मा ४४ मतदानस्थल र ६६ मतदान केन्द्र छन् । निर्वाचन क्षेत्र ४ मा ६० मतदानस्थल र १२२ मतदान केन्द्र छन । यसमध्ये क मा २५ मतदानस्थल र ५८ मतदान केन्द्र, ख मा ३५ मतदानस्थल र ६४ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ ।

चारै क्षेत्रमा ३ लाख ९७ हजार मतदाता छन् । जसमध्ये २ लाख १५ हजार  १ सय ३१ पुरुष र १ लाख ८१ हजार ८ सय ९८ महिला रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

 

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १२ : ३९ बजे

अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान

जनकपुरधाम– गुठी र गुठी संस्थानका अतिक्रमित जग्गाको खोजी सुरु भएको

ती बालेन, यी बालेन : मेयर हुँदा निहारिकाको साथमा, प्रधानमन्त्री हुँदा मुद्दा चलाउन हिरासतमा

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

सरकारले शेयर खरिदबिक्री स्वीकार नगर्दा हतोत्साहित भयौँ : एनसेल

काठमाडौं– झन्डै तीन वर्षदेखि शेयर स्वामित्व परिवर्तनसम्बन्धी कारोबारलाई सरकारले मान्यता

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने

परोपकार प्रसूति अस्पतालमा ६२ औँ स्वस्थ शिशु प्रतिस्पर्धा आयोजना हुँदै 

काठमाडौं– परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीले ६२ औँ ‘स्वस्थ