मौन अवधिमा प्रचार गरेको भन्दै दुई जना पक्राउ « Khabarhub

मौन अवधिमा प्रचार गरेको भन्दै दुई जना पक्राउ


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– मौन अवधिमा चुनाव प्रसार गरेको भन्दै प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका-४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली-९ का २१ वर्षीय सुरज साहलाई पक्राउ गरेको हो । सुरज सवारी चालक हुन् ।

पर्सा-४ मा पर्ने कालिकामाई गाउँपालिका-१ मुड्लीमा गस्ती गरिरहेको नेपाली सेनाको टोलीले शनिबार दिउँसो बा १४ च ४७ ४८ नम्बरको गाडी चेकजाँच गरेको थियो । गाडीबाट नक्कली मतपत्र ५९८ थान र ४ थान स्वस्तिक छाप बरामद भएपछि उनीहरूलाई पक्राउ गरेर सेनाले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ५ : ३० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण