मेस्सीको सपना पूरा | Khabarhub Khabarhub

मेस्सीको सपना पूरा


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप फुटबलको उपाधि जितेसँगै अर्जेन्टिनी स्टार लियोनल मेस्सीको सपना पूरा भएको छ । यसअघि महत्त्वपूर्ण सबै च्याम्पियनसिप जितेका मेस्सीका लागि विश्वकपको ट्रफि उचाल्ने ठूलो सपना थियो ।

आइतबार फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले मेसीको यो सपना पूरा गरेको हो ।कतारको लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको छ ।

योसँगै अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो ।

फ्रान्स भने लगातार दोस्रो पटक र तेस्रो पटक उपाधि जित्न बन्चित बनेको छ । फ्रान्सले यस अघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।

लुसिल स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट २– २ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा १ –१ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेजले अर्जेन्टिनाका लागि उत्कृष्ट प्रदर्शन गरे । उनले फ्रान्सका किन्सले कोम्यान र अरुलिन चुवामेनी पेनाल्टी रोके भने । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे । अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १२ : १३ बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो