मेस्सीको सपना पूरा « Khabarhub

मेस्सीको सपना पूरा


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप फुटबलको उपाधि जितेसँगै अर्जेन्टिनी स्टार लियोनल मेस्सीको सपना पूरा भएको छ । यसअघि महत्त्वपूर्ण सबै च्याम्पियनसिप जितेका मेस्सीका लागि विश्वकपको ट्रफि उचाल्ने ठूलो सपना थियो ।

आइतबार फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले मेसीको यो सपना पूरा गरेको हो ।कतारको लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको छ ।

योसँगै अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो ।

फ्रान्स भने लगातार दोस्रो पटक र तेस्रो पटक उपाधि जित्न बन्चित बनेको छ । फ्रान्सले यस अघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।

लुसिल स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट २– २ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा १ –१ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेजले अर्जेन्टिनाका लागि उत्कृष्ट प्रदर्शन गरे । उनले फ्रान्सका किन्सले कोम्यान र अरुलिन चुवामेनी पेनाल्टी रोके भने । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे । अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १२ : १३ बजे

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले