विश्व इतिहासमा आजः कोरियामा महिला राष्ट्रपतिदेखि क्लिनन्टनमाथि महाअभियोग « Khabarhub

विश्व इतिहासमा आजः कोरियामा महिला राष्ट्रपतिदेखि क्लिनन्टनमाथि महाअभियोग


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

आज १९ डिसेम्बर। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटना :

दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति
सन् २०१२ मा दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी थिइन्। आजकै दिन पार्क गिउन हाय देशको पहिलो महिला राष्ट्रपति र दक्षिणपूर्वी एसियाको सरकार प्रमुख बनेकी थिइन्। सन् २०१३ को फेब्रुवरीमा पार्कले कार्यभार सम्हालेकी थिइन्।

हङकङ चीनको स्वामित्वमा रहने सन्धीमा हस्ताक्षर
सन् १९८४ मा हङकङ सन्धीमा हस्ताक्षर भएको थियो। बेलायत सरकार, उत्तरी आयरल्यान्ड र जनगणतन्त्र चीन सरकारबीच संयुक्त घोषणापत्रमा हस्ताक्षर भएको थियो।

चीन–ब्रिटिस सन्धिसमेत भनिने उक्त सम्झौतमा चीनको तर्फबाट झाओ जियाङ र बेलायतको तर्फबाट मार्गरेट थ्याचरले हस्ताक्षर गरेका थिए। सन्धिमा सन् १९९७ को १ जुलाइदेखि हङकङ चीनको स्वामित्वमा रहने उल्लेख छ।

एपोलो १७ को अन्तिम मिसन
सन् १९७२ मा एपोलो १७ पृथ्वीमा फर्किएको थियो। अमेरिकाको एपोलो कार्यक्रमअन्तर्गतको अन्तिम मिसन एपोलो १७ ले १२ दिनसम्म अन्तरिक्षमा बिताएको थियो।

एपोलो १७ अमेरिकाबाट रातको समयमा पठाइएको पहिलो मानवसहितको उडान हो। एपोलोमा रहेका तीन सदस्यहरुले चन्द्रमाको कक्ष घुमेर १२ दिन बिताएका थिए।

क्लिन्टनमाथि महाअभियोग
सन् १९९८ मा अमेरिकाका तत्कालीन राष्ट्रपति बिल क्लिन्टनमाथिको महाअभियोगलाई तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले अनुमोदन गरेको थियो। भुटो अभिव्यक्ति दिएको र न्यायमा अवरोध गरेको भन्दै तल्लो सदननले क्लिन्टनमाथि महाअभियोग लगाएको थियो। एक महिनापछि आजकै दिन माथिल्लो सदन सिनेटले उनलाई सफाइ दिएको थियो।

 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ६ : १७ बजे

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको

गाउँमा बाँदर निषेध गरे सुकुम्बासी समस्या आधाले निरुपण हुन्छ : अर्थशास्त्री हरि रोका

काठमाडौँ– अर्थशास्त्री हरि रोकाले सरकारलाई सहरमा सुकुम्बासी बस्न निषेध गर्नुभन्दा

दुईदिने बिदाकाे चापले अतिरिक्त सिफ्टको तयारीमा सरकारी अस्पताल, ओपीडी–शल्यक्रिया प्रभावित

काठमाडौँ– सरकारले इन्धन खपत घटाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल