अदुवाभन्दा पिँडालु महँगो | Khabarhub Khabarhub

अदुवाभन्दा पिँडालु महँगो


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

दिपायल – दिपायलका किसानले निकै मिहिनेत गरेर उत्पादन गरेको अदुवाले भन्दा पिँडालुले बजार पाउन थालेको छ ।

कमै मात्रामा उत्पादन हुने र कम भाउमा बिक्री हुने पिँडालु यतिबेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन, वीपी नगर र कैलालीको धनगढी र अत्तरियालगायतका बजारमा बिक्री भइरहेको छ।

डोटीको बडीकेदार , जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा अदुवा उत्पादन भए पनि पछिलो समय मूल्य नपाएपछि किसान पिँडालु खेती गर्न थालेका छन्। बडीकेदारका किसान व्यवसायरुपमा नै अदुवा खेती छोडेर पिँडालु खेती गर्दै आएका छन्।

पहिले त अदुवाको मूल्य धेरै थियो तर पछिल्लो दुई वर्षयता बजारमा मूल्य पाउन छाडेपछि पिँडालु खेती गरिरहेको बडीकेदार–२ का नरबहादुर शाहीले बताए। उनले भने, “अदुवाभन्दा कम मिहिनेत लाग्ने पछिलो समय अदुवाभन्दा बढी मूल्य भएका कारण पिँडालु खेती सुरु गरेको हौँ। ” उनले पिँडालु बिक्रीबाट वार्षिकरुपमा रु ३० देखि ४० हजारसम्म आम्दानी हुने गरेको पनि बताए। आफुले पिँडालु खेती गरेपछि यस क्षेत्रका अधिकांश किसानले पिँडालु खेती गरिरहेका उनको भनाइ छ।

कुनै समय प्रतिकेजीको रु ९० मा बेचिने अदुवा यतिबेला प्रतिकेजी रु २० का दारले बिक्री गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ। पिँडालु खेतीमा सम्लग्न बडीकेदार –५ का तेज कोटकेनीले भने, “अदुवाभन्दा त पिँडालुको मूल्य बढी छ, किसानले प्रतिकेजी पिँडालु रु ३० का दरले बिक्री गरिरहेका छन्। पहिले कसैले पनि खरिद नर्गने पिँडालु महँगोमा बिक्री हुन्छ, तर सधैँभरी किसानले मिहिनेतका साथ उत्पादन गरेको अदुवा सस्तो छ।” स्थानीयस्तरमा बजारीकरण नभएका कारण किसान सस्तोमा कृषि उपज बेच्न बाध्य भएको उनको भनाइ छ।

दुई रोपनीबाट सुरु गरेको पिँडालु खेतीबाट राम्रौ आम्दानी भएको बडीकेदार–४ का घनबहादुर ताडीले बताए। साठीदेखि ७० रोपनीमा लगाउन गरेको अदुवा खेती विचौलिया व्यापारीका कारण मिहिनेत गरे जति मूल्य नपाएको र भारत तथा जिल्ला बाहिरका व्यापारी नआउँदा न्यून मूल्य भएपछि अदुवा खेती छोडेर पिँडालु खेती गरेको उनको भनाइ छ। यस वर्ष रु १५ हजार बराबरको पिँडालु बिक्रीबाट आम्दानी भएको किसान ताडीले बताए। यस क्षेत्रमा बढी मात्रमा उत्पादन हुने अदुवाको मूल्यसँगै बजारमा नबिक्ने भएका कारण अदुवा खेती छोडेर कोही फलफूल खेती त कोही पिँडालु खेति गरिरहेको उनले बताए।

किसानको जीविकोपार्जन गर्दै आएको अदुवा खेती पछिल्लो समय बजार र कम मूल्य भएका कारण अधिकांशकिसान पिँडालु खेती गरिरहेको बडीकेदार गाउँपालिका कृषि शाखा प्रमुख सुरेन्द्र शाहीले बताए। यस क्षेत्रमा पिँडालु राम्रो उत्पादन हुने भएकाले स्थानीय सरकारबाट पिँडालु पकेट क्षेत्र बनाई कार्यान्वयन गर्ने, सबै किसानलाई सहुलियतमा अनुदान दिने , बजारीकारण र चिस्यान केन्द्रका लागि पहल गरिने उनले जानकारी दिए।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ७ : ०१ बजे

प्रधानमन्त्रीसँगको भेटपछि ऋचाको प्रतिक्रिया : सानो कदमबाटै विशाल यात्रा सम्भव हुन्छ

काठमाडौं – अभिनेत्री ऋचा शर्माले परिवर्तनको विशाल यात्रा सानो कदमबाट

निजी जीवनमा प्रहार गरेको भन्दै सन्दीपको आक्रोश, साथमा उत्रियो विराटनगर किंग्स

काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछानेले युट्युब च्यानल प्याराडाइम टिभीले

झिलिमिलीले चम्किएको धरान

धरान –‘फेसन’ र सांस्कृतिक विविधताको सहर भनेर परिचित धरान तिहारको

सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना

काठमाडौं – हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक

आजको विनिमय दर : अमेरिकी डलर स्थिर हुँदा यूरो र पाउण्डको मूल्य घट्यो

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय