प्रयोगविहीन वृद्धाश्रममा मानसेवा आश्रम सञ्चालन गरिने « Khabarhub

प्रयोगविहीन वृद्धाश्रममा मानसेवा आश्रम सञ्चालन गरिने


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन (बागलुङ)- निर्माण भएको दुई वर्षसम्म पनि सञ्चालनमा आउन नसकेको वृद्धाश्रममा अब मानव सेवा आश्रम सञ्चालन गरिने भएको छ।

बागलुङ नगरपालिका–४ निरयघाटमा रु दुई करोड २६ लाख लगानीमा निर्माण भएको वृद्धाश्रममा मानव सेवा आश्रम सञ्चालन गरिने बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए।

नगरपालिकाले परिवारबाट अपहेलनामा परेका ज्येष्ठ नागरिकलाई आश्रय दिने उद्देश्यले २०७८ सालमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वृद्धाश्रम निर्माण सुरु गरेकामा प्रयोगमा नआएर जीर्ण बन्न थालेपछि अब सहयोगापेक्षी मानवका लागि आश्रम सञ्चालन गर्न लागिएको उनले बताए।

उपप्रमुख राजु खड्काले वृद्धाश्रममा आश्रय लिन कोही नआएपछि केही समयका लागि मानव सेवा आश्रम सञ्चालनका लागि पहल भएको बताए।

हाल वृद्धाश्रम छेउमै मानव सेवा आश्रमको भवन निर्माण भइरहेको छ। निरयघाटमा जङ्गेश्वर महादेव लक्ष्मीनारायण गुठीको पाँच रोपनी जग्गामा निर्माण गरिएको वृद्धाश्रममा ध्यान केन्द्र, नर्सिङ सेन्टर, भान्सा र डाइनिङसहित १४ कोठा छन्।

मानव सेवा आश्रममा क्षमताभन्दा बढी सहयोगापेक्षीले आश्रय लिइरहेकाले अर्को व्यवस्था नभएसम्मका लागि वृद्धाश्रम प्रयोग गर्ने विषयमा तयारी अगाडि बढेको आश्रमकी सञ्चालिका विपना तामाङले जानकारी दिए।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ९ : ४५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार