घुर्ने मानिसहरुलाई हृदयघातको जोखिम बढी हुन्छ | Khabarhub Khabarhub

घुर्ने मानिसहरुलाई हृदयघातको जोखिम बढी हुन्छ

‘विदेशमा सुतेकै अवस्थामा मृत्यु हुने समस्या पनि घुर्नु हो’


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -मानिसहरुमा घुर्ने समस्या बढ्दै गएको छ । निद्रामा घुर्ने समस्याले आफूसँगै घरपरिवारलाई नै केही न केही डिस्टर्ब गरिरहेकै छ । यद्यपी यो समस्या समाधानका लागि मानिसहरु गम्भीर भएको देखिदैन । यसै विषयमा आधारित भएर घुर्ने रोग विशेषज्ञ डाक्टर योगेश न्यौपानेसँग त्रिगुना भट्टराई बस्नेतले गरेको कुराकानीको सम्पादित अंश:

निद्रामा घुर्ने समस्या कुनै रोगको लक्षण हो कि रोग नै हो ?
हामीले सामाजिक रूपमा कोही मान्छेले घुरेर सुत्यो भने आहा कति आनन्दले सुतेको भनेर भन्छौँ । तर निन्द्रामा घुर्नु भनेको श्वास फेर्ने नली साघुँरीदै जानु हो । जब साँघुरो बाटोबाट हावा जान्छ, त्यसले एक प्रकारको आवाज निकाल्छ त्यो नै घुराई हो । राति सुतेको बेला घुर्ने मान्छेले कम अक्सिजन लिन्छ । त्यसको मतलब जति कम सुत्छ त्यति नै कम अक्सिजन पाउँछ । कम अक्सिजन पायो भने उसको शरीरको सेल्सहरू त रोगी हुने भए । अहिले केही फरक नपरे पनि भविष्यमा गएर त्यसले रोगहरू सृर्जना गर्छ ।

यो घुर्ने समस्यालाई हामीले सामान्य रूपमा लिन हुँदैन हो ?
यसलाई उपचार गर्नु पर्दछ । यसले जिउमा रोग लागेकाे छ कि छैन । भनेर जाँच गराउनु पर्दछ ।

यो समस्या लिएर अस्पताल आउनेको सङ्ख्या कस्तो ?
पहिला थोरै थियो अहिले पनि अरू रोगहरू सुगर उच्च रक्तचाप छ भने डाक्टरहरूले सोधेर पठाउनु हुन्छ । अहिले हामीले धेरै जनामा जनचेतना फैलाउन सफल भएको छौँ । मैले ५ देखि ६ जना दिनमा यो समस्याको बिरामीलाई हेर्छु ।

निन्द्रा मा श्वास फेर्न नसक्नु (स्लिप एप्निया) पनि यो समस्याले हुने हो ?
घुराई रोग बढ्दै गएर श्वास फेर्न रोकिने हुन्छ । यो घुराई भन्दा एक स्टेप माथि हुन्छ ।

यसले दीर्घकालीन असर गर्दछ ?
राति जो मान्छे सुत्छ त्यसमा सामान्यतया हाम्रो सुताई भनेको दिनमा ७ देखि ८ घण्टाको हुन्छ । हरेक दिन उसले घुर्छ भने उसले हरेक ८ घण्टा जति चाहिने जति अक्सिजन पुग्दैन । त्यसैले घाँटी दुख्छ र टंसिल भनेर औषधि खान्छन् त्यसैले रोगहरू शरीरमा बढ्दै जान्छ । यो बच्चा उमेर देखि नै छ भने घाँटीको समस्या हुन्छ । आँखाको जल बिन्दु हुन्छ, ब्रेनमा स्ट्रोक हुन्छ, सुगरको समस्या हुन्छ । त्यसैले भविष्यको रोगहरू रोक्ने हो भने आज बाट नै यो समस्याका उपचार गर्नु पर्दछ ।

कुनै बच्चाहरू पनि कहिले काँहि घुर्छन्, कहिले काँहि घुर्नु र सधै घुर्नु मा के फरक छ ?
कहिले काँहि थकित भएको बेला को मसलको मांसपेशीको तागत कम भएर घुर्छन् । कहिले काहि सिरानी नमिलेर घुर्छन् । तर सधैँ घुर्छन भने रोग हो भनेर बुझ्नु पर्दछ । अहिले हामी टिचिङ अस्पतालमा महिनाको २० जना जतिको त अप्रेसन नै गछौँ ।

कोही मान्छे सुत्ने बित्तिकै घुर्न थाल्छन् त्यो कस्तो हो त ?
हामी ओछ्यानमा गएर १० मिनेट भन्दा कममा निन्द्रा लाग्छ भने त्यो पनि रोग हो । कसैलाई ओछ्यानमा गएर ३० मिनेटसम्म निन्द्रा लागेन भने त्यो पनि रोग हो । जो मान्छे राति १० देखि बिहान ६ बजे सम्म सुत्छ र दिउसो पनि समय पायो भने सुत्छ भने उसको राति निन्द्रा सही भएन पुगेन । हामीलाई घुराइमा समस्या छ कि छैन भनेर थाहा पाउने केही लक्षणहरू हुन्छन्, जस्तो राति घुर्ने, बेला बेला श्वास अड्किने, बेला बेला तर्सिने, बिहान घाँटी ख्वाप्प हुने पानी खाए पछि मात्र घाँटी खुल्ने, राति बेला बेला पिसाब लाग्ने, राति १ चोटि भन्दा बढी उठ्छ भने त्यो सामान्य अवस्था हैन । हाई हाइ आईरहने हुन्छ ।

यसको उपचार पद्धति के छ ?
हामीले पहिला रोग छ कि छैन भनेर मापन गर्नु पर्दछ । त्यसमा हामीले मान्छेहरू राति सुतिरहेको बेला एउटा स्लिप इस्टडि भनेर एउटा मिसिन बिरामीको शरीरमा जोड्दिन्छौ ६ घण्टा सुते पछि त्यसले बिरामी राति कति ठुलो आवाजले घुर्छ,राति कति चोटि अड्किन्छ,मुटुमा कति समस्या छ भनेर देखाउछ र त्यसपछि हामीले नाक कान घाँटीको इन्डोस्कोपि गर्छौ । के हो उपचार तिर जान्छौँ । त्यसको पहिलो कारण भनेको मोटोपना हो । त्यसैले तौल घटाउनु पर्दछ र व्यायाम गर्नु पर्दछ । कार्बोहाइड्रेट कम खाने, कोल्टे फर्केर सुत्ने, हामीले युटुभहरुमा पनि धेरै व्यामहरूको भिडियो राखेका छौँ त्यो हेरेर गर्न सकिन्छ । एउटा मास्क हुन्छ त्याे लगाएर पनि सुत्न सकिन्छ । त्यसले अक्सिजन भित्र छिराउँछ । हामीले बिरामीलाई अन्य अप्सनहरू दिन्छौँ । र अप्रेशन गर्छौ । अहिले सम्म यसको अन्य औषधि छैन ।

कसैको आवाजको आधारमा रोग पत्ता लाग्ने हो ?
हो, जति धेरै ठुलो स्वर हुन्छ त्यति नै खतरा हो । त्यो भन्दा पनि जो मान्छे घुर्दा घुर्दै श्वास अड्किन्छ त्यो झन् खतरनाक हो । हाटअट्याक हुनुको पहिलो कारण यो हो । सुतेको बेला नै मान्छे मरेको यही कारणले हो । घरमा कोही घुर्नु हुन्थ्यो भनेर घरमा नबस्ने, संसारको ७ खर्ब जनसङ्ख्या मध्ये १ खर्बलाई यो समस्या छ । त्यसैले यसको समस्यामा उपचार भएन भने भोलिको भविष्य सुनिश्चित छैन ।

नेपालमा यो घुराई सम्बन्धी विशेषज्ञ र उपचार कस्तो छ ?
अहिले हामीले सबै सर्जरी गर्छौ अहिले नेपालमा ग्लोबल स्ट्याण्डर सर्जरी गर्न सक्छौँ । ९५ प्रतिशत विश्वमा हुन्छ त्यो हाम्रोमा छ । नेपालमा यही डाक्टर भनेर छैन तर यो छाती रोगको डाक्टर र डेन्टिसहरु, मुटु रोग विशेषज्ञहरूले पनि यसको उपचार गर्नु हुन्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ७ : २६ बजे

गन्तव्य पहिल्याउन बागलुङ बजारमा ‘स्टेट नम्बर’

बागलुङ – बागलुङ बजारलाई पर्यटनमैत्री बनाउन बागलुङ नगरपालिकाले पहिलोपटक ‘स्टेट

‘कोरा भक्तपुर साइकलिङ च्यालेञ्ज’ सम्पन्न

भक्तपुर – भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उदेश्यले

आगामी निर्वाचनसम्म कांग्रेस–एमालेको गठबन्धन कायम रहन्छ : प्रदीप ज्ञवाली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक

क्रोएसियाको नर्सिङ होममा गोली चल्दा पाँच जनाको मृत्यु

क्रोएसिया – क्रोएसियाको एक नर्सिङ होममा सोमबार एक बन्दुकधारीले गोली

अख्तियारमा उजुरी परेपछि नगर प्रमुखले फिर्ता गरे पैसा

सिरहा – सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट