आजको मौसम : कुन प्रदेशमा कस्तो? « Khabarhub

आजको मौसम : कुन प्रदेशमा कस्तो?


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशका पहाडी भू–भागमा आज आंशिकदेखि सामान्य बदली रही तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वाअनुमान महाशाखाकाअनुसार भारतको विहारमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावले केही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना देखिएको हो।

महाशाखाले आज बिहान जारी गरेको विज्ञप्तिमा प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भवना रहेको छ।

देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने क्रममा रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ८ : ४५ बजे

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको