गाउँमै पौष्टिक आहार उत्पादन गरिँदै « Khabarhub

गाउँमै पौष्टिक आहार उत्पादन गरिँदै


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ घारमा बालबालिकाको लागि आवश्यक पर्ने पौष्टिक आहार (सर्वोत्तम पिठो) गाउँमै उत्पादन गर्ने तयारी भएको छ।

सामाजिक विकास कार्यालयको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा मिलन म्याग्दीले स्थानीयस्तरमा उपलब्ध खाद्यान्न प्रयोग गरेर सर्वोत्तम पिठो उत्पादन गर्ने तालिम आयोजना गरेको हो।

सात दिनसम्म सञ्चालन हुने तालिममा ३५ जनाको सहभागिता रहेको मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले जानकारी दिए। पुस १ गतेदेखि तालिम सञ्चालन भएको थियो। पच्चीस जनाको कोटा भए पनि लक्ष्यभन्दा बढी सङ्ख्यामा सहभागी गराइएको उनले बताए।

सामाजिक विकास कार्यालयको सक्षम महिला, समानान्तर पाइला कार्यक्रममार्फत रु दुई लाख बजेटबाट सो तालिम सञ्चालन गरिएको हो। गहुँ, मकै र भटमासको पिठोलाई मिश्रण गरेर घरमै सर्वोत्तम पिठो बनाउने ज्ञान सीप प्रदान गर्न तालिम आयोजना गरिएको हो।

तालिमको सुआहार कार्यक्रमका पोषणविज्ञ राजेन्द्र अधिकारी र बालकुमारी पुनले सहजीकरण गरेका छन्। तालिम अनुगमनका क्रममा आइतबार घारमा पुग्नुभएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले पिठो उत्पादनका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाए।

जङ्कफुडको आयात घटाउने, व्यावसायिकरुपमा उद्यम सञ्चालन गरेर रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउने, आर्थिकरुपमा सक्षम र उद्यमशीलताको विकास गराउने उद्देश्यले तालिम सञ्चालन गरेको मिलनका कार्यकारी निर्देशक बिटालुले बताए।

सर्वोत्तम पिठो छ महिना उमेर पुगेका बच्चाको लागि उपयुक्त पौष्टिक आहार मानिन्छ। स्थानीयस्तरमा ज्ञान सीप नहुँदा बच्चाले मन पराउने सर्वोत्तम पिठो बजारबाट खरिद गर्दै आएका छन्। सीप भएपछि घरमै उपलब्ध कृषिउपजको प्रयोग गरेर सर्वोत्तम पिठो बनाउन सकिने स्थानीय महिलाले बताएका छन्।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १२ : ०६ बजे

मधेसमा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व संकलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३०

हेलम्बु हिमालयन ग्रेट ट्रेलमा पर्यटक (तस्बिरहरू)  

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’

रोजगारी मेलाबाट झापामा दुई सय ८५ जनाले पाए जागिर

सुरुङ्गा– अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा पाँच

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २००