सवारी दुर्घटना मा परी ३ जनाको मृत्यु र १४ जना घाइते | Khabarhub Khabarhub

सवारी दुर्घटना मा परी ३ जनाको मृत्यु र १४ जना घाइते


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा बारा, झापा, कन्चनपुर, काठमाडौं, रूपन्देही, सप्तरी, सुर्खेत, सुनसरी र उदयपुरमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु र १४ जना घाइते भएका हुन् ।  

बाराको  निजगढ नगरपालिका २ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा खादा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका सिम्रीका २६ वर्षीय भुवन पहाडी र पछाडि सवार २७ वर्षीय रितबहादुर राई रहेका छन् । दुवैको घटनास्थलमा नै मृत्यु भएको हो । 

सोही दुर्घटनामा मोटरसाइकलका पछाडि सवार २४ वर्षीय सुशील माझी घाइते भएका छन् । उनको प्रसुति सामुदायिक अस्पताल निजगढमा उपचार भैरहेको छ । आइतबार साँझ ७ बजे प्रदेश २ ०३ ००१ ख ४२२९ नम्बरको सडक छेउमा रोकिराखेको ट्रकमा पाछाडीबाट प्रदेश २ ०२ ००९ प ३९४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठक्कर खाएको हो । दुबै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।

झापाको  मेचीनगर नगरपालिका १३  चारआली  बजारमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ  । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार  इलाम रोङ-६ बस्ने २३ वर्षीया उषा राई रहेकी छिन  । ना ८ ख ३३३६ नम्बरको ट्रकले  मे ७ प १७२७ नम्बरको  मोटरसाइकललाई  आइतबार राति बेलुकी साढे ८ बजे ठक्कर दिएको थियो ।  

कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ मछलिपुल नजिकै  ट्याक्टरमा मोटर साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ ६ बजे सुदूरपश्चिम प्रदेश ०१ ००८ प ५५ ८७ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जादै गरेको म १ प ६१ ८९ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको से.२ त। ८२० नंम्बरको ट्याक्टरमा ठक्कर खाँदा ५५८७ नम्बरका मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका ८ का ३० वर्षीय कृष्ण साउँदको निधन भएको हो ।

काठमाडौंको कीर्तिपुर नगरपालिका १० मा सोमबार बिहानै मोटरसाइकल अनियन्त्रित भै पल्टिँदा २ जना गम्भीर घाइते भएका छन । घाईते मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका ९ नगाँउ बस्ने २१ वर्षीय सौरभ ढकाल र पछाडि सवार २२ वर्षीय रोहित महर्जनको राष्ट्रिय ट्रमा सेन्टरबाट थप उपचारका लागि  कीर्तिपुर अस्पतालमा पठाइएको छ ।  सोमबार बिहानै पौने ३ बजे बा ८५ प ६१ ८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुबै जनाले मादक पदार्थ सेवन गरेको प्रहरी वृत्त कीर्तिपुरले जानकारी दिएको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका १० कालिकानगरमा स्कुटर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक रूपन्देहीको तिलोत्तमा नगरपालिका ३ का ५० वर्षीय ओमबहादुर सारु रहेका छन् । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । आइतबार राति पौने ८ बजे लु २९ प ३६२८ नम्बर स्कुटरको स्कुटर आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको वडा प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।   

सप्तरीको बोदेबर्साईन नगरपालिका बैरिया चोकमा दुई मोटरसाइकलले साइकललाई ठक्कर दिएर पल्टिँदा २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा साइकलयात्री सप्तरीको खड्का नगरपालिका ११ लालापुरका ५० वर्षीय सुकरैत राम र मोटरसाइकल चालक सप्तरीकै शम्भुनाथ नगरपालिका ९ बजरहटका ३० वर्षीय प्रमोद मुखिया रहेका छन् । घाईते दुवैको जीवन ज्योति अस्पताल बोदेबर्साईनमा उपचार भइरहेको छ । आइतबार राति बेलुकी साढे ७ बजे मुखियाले चलाएको भारतीय नम्बरको मोटरसाइकलले सुकरैत सवार साइकललाई ठक्कर दिएर पल्टिएको ईलाका प्रहरी कार्यालय बोदेबर्साईनले जानकारी दिएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ धुलियाबिट नजिकै मोटरसाइकलले चौपायालाई ठक्कर दिएर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका ५ का ४५ वर्षीय रुद्र भट्टराई छन् । उनको माया नर्सिङहोममा उपचार भइरहेको छ । आइतबार साँझ सवा ६ बजे रुद्रले चलाएको भे २ प २३८५ नम्बरको मोटरसाइकल चौपायालाई ठक्कर दिएर पल्टिएको प्रहरी चौकी सुब्बाकुनाले जानकारी दिएको छ । 

सुनसरीको दुहबी  नगरपालिका ८ सोनापुरचोकमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । घाइते हुने मोटरसाइकल चालक मोरङ घर भएका   ४० वर्षीय भक्तबहादुर खड्का छन् । घाइते उनलाई उपचारको लागी कोशि अस्पताल पठाइएको  छ  । को ३० प ९६४५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई आइतबार बेलुकी पौने ८ बजे पल्टिएको थियो  । 

उदयपुरको कटारी नगरपालिका १० मा सोमबार बोलेरो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । प्रदेश २-०१-००१ च ०० ५० नम्बरको बोलेरो सोमबार बिहान पौने ९ बजे अनियन्त्रित भएर सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो  । दुर्घटनामा घाइते भएका मध्ये उदयपुरको ताप्ली गाउँपालिका १ का  ६५ वर्षीय मिनबहादुर सार्कीको अवस्था गम्भीर छ  । घाइतेहरूलाई उपचारको लागी कटारी अस्पताल पठाइएको छ । बोलेरो चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ  ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १२ : ५६ बजे

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु

‘सहकारी समस्यामा लेखा सुपरिवेक्षण समिति मुख्य जिम्मेवार’

काठमाडौं – सहकारी संस्थाहरूमा आन्तरिक लेखापरीक्षणको भूमिका रहेको लेखा सुपरिवेक्षक

‘खुजरे ब्रो’ हेरेर नीतिका बुबा आमाले के भने ?

काठमाडौं– मोडल नीति शाह डेब्यू फिल्म ‘खुजरे ब्रो’को प्रिमियर अघि हँसिलो मुद्रामा