थाइल्याण्डको खाडीमा नौसैनिक जहाज डुब्दा ३१ जना बेपत्ता | Khabarhub Khabarhub

थाइल्याण्डको खाडीमा नौसैनिक जहाज डुब्दा ३१ जना बेपत्ता


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- थाइल्याण्डको दक्षिणपूर्वी तटमा नौसैनिक जहाज डुब्दा कम्तीमा ३१ जना नाविक बेपत्ता भएको शाही थाई नौसैनिकका प्रवक्ताले बताएका छन् ।

एचटीएमएस सुखोथाई नामक जहाजले थाइल्याण्डको खाडीमा गस्ती गरिरहेको बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान किनारबाट करिब २० नटिकल माइल टाढा डुबेको जनाइएको छ ।

जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेको शाही नौसैनिक अधिकारीले जनाएका छन् । नौसेनाले सार्वजनिक गरेका तस्वीरहरूमा जहाजले कडा छाल पार गर्ने क्रममा नाटकीय रूपमा एक छेउबाट डुब्न ढल्किरहेको देखाइएको छ ।

शाही थाई नौसेनाका प्रवक्ता एडमिरल पोग्क्रोङ मोन्ट्राडपालिनले बेपत्ता नौसैनिकको खोजि भइरहेको बताए । उनले भने, “हामी अझै पनि हराइरहेका ३१ जनाको खोजी गरिरहेका छौं ।”

”जहाजको ‘अपरेटिङ सिस्टम’ ले काम गर्न छोडेपछि जहाजले नियन्त्रण गुमाएको थियो,” उनले भने ।

जहाजमा रहेका १०६ जनामध्ये ७५ जनालाई दुई वटा हेलिकप्टर, दुई वटा फ्रिगेट र एउटा पानी जहाजको सहयोगमा उद्धार गरिएको छ । बिहान ७ बजेदेखि सुरु भएको खोजी तथा उद्धार कार्य जारी रहेको विज्ञप्तिमा जनाइएको छ ।

करिब ११ जना नौसैनिकको बाङ सफान अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४० जनालाई सुरक्षित आश्रयस्थलमा राखिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ३ : ४८ बजे

दुर्घटनामा परेको सौर्यको विमान २१ वर्ष ४ महिना पुरानो

काठमाडौं– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य

परम्परागत बाली विस्तार गर्दै कालिका नगरपालिका

चितवन– चेपाङ समुदायको बसोबास रहेको कालिका नगरपालिकाका तीनवटा वडामा परम्परागत

जहाज दुर्घटना : इन्जिनको भाग उछिट्टिएर झर्‍यो

काठमाडौं- त्रिभुवन विमानस्थलबाट पोखराका लागि उड्ने क्रममा सौर्य एयरलाइन्सको जहाज

सुशासनको पक्षमा विजेता भएर सरकारबाट बाहिरियौँ : प्रचण्ड

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना

काठमाडौं- त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।