जाडो बढेसँगै इन्फ्लुएन्जाको जोखिम बढ्दो | Khabarhub Khabarhub

जाडो बढेसँगै इन्फ्लुएन्जाको जोखिम बढ्दो


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जाडोयामसँगै इन्फ्लुएन्जा (फ्लु) सङ्क्रमण जोखिम बढेको छ । जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको सङ्क्रमण हुँने गर्दछ । दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको सङ्क्रमण बढी हुने गर्दछ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका इन्फ्लुएन्जाका फोकलपर्सन डा मिलन ब्रजाचार्यले रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई सङ्क्रमणको जोखिम बढी हुने गरेको बताउँछन्। ‘दिर्घरोगी बिरामीलाई इन्फ्लुएन्जाले फोक्सोमा असर गरेर निमोनिया जस्ता समस्या आउन सक्छन,’ उनले भने ,’यस्ता बिरामीलाई सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार गर्नुपर्दछ ।’

नेपालमा इन्फ्लुएन्जा ‘ए’ पुष्टि भइसकेको छ । कात्तिकदेखि फागुनसम्म इन्फ्लुएन्जा भाइरसको सङ्क्रमण हुने भएकोले सतर्कता बताए ।

इन्फ्लुएन्जा सङ्क्रमणका बिरामीमा ज्वरो आउनु, खोकी लाग्नु र घाँटी दुख्नु, टाउको दुख्नु, नाक बन्द हुनु वा सिगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महसुस जस्ता लक्षण देखा पर्दछन् । इन्फ्लुएन्जा भएका सबैलाई ज्वरो नआउन पनि सक्छ । 

यसबाट बच्न बिरामी भएका व्यक्तिसँग भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, शारीरिकरुपम सक्रिय हुने र प्रशस्त्र तरल पदार्थ र पौष्टिक खाना खाने, बेलाबेलामा सावुनपानीले हात हुने र आफ्नो आँखा, नाक वा मुख नछुने गर्नुपर्दछ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ४ : ३४ बजे

क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चालन गर्न दुई अर्ब ५० करोड लाग्ने

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक तथा

बाढीपहिरो प्रभावितका लागि राहत कोषमा तत्काल रु एक अर्ब उपलब्ध गराइने

काठमाडौं – नेपाल सरकारले हालै आएको बाढीपहिरोबाट प्रभावित जनताको तत्काल

बाढी पहिरोमा परेका मृतकका परिवारलाई दुई लाख दिने सरकारको निर्णय

काठमाडौं – सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही

तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं – सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ

कांग्रेसले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा समन्वय गर्ने

काठमाडौं – नेपाली कांग्रेसले बाढी पहिरो प्रभावित क्षेत्रमा पार्टीका जिल्ला