दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध नेपाल सात विकेटले विजयी « Khabarhub

दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध नेपाल सात विकेटले विजयी


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ को तयारीस्वरूप खेलिएको पहिलो वार्म–अप खेलमै नेपालले उत्कृष्ट प्रदर्शन गर्दै यूएईलाई पराजित गरेको छ ।

मंगलबार चेन्नईस्थित एमए चिदाबरम स्टेडियममा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले सहजै हराउँदै विश्वकप यात्राको सुरुवात जितसँगै गरेको हो । यूएईले दिएको १४६ रनको लक्ष्य नेपालले मात्र १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालको जितमा आरिफ शेख र दीपेन्द्रसिंह ऐरी नायक बने। संकटपूर्ण अवस्थामा रहेको नेपाललाई उनीहरूले शतकीय साझेदारी गर्दै जितको नजिक पुर्‍याए ।

आरिफले ३७ बलमा अविजित ६१ रनको शानदार इनिङ खेले भने दीपेन्द्रले ३१ बलमा अर्धशतक पूरा गर्दै ५० रनमा नटआउट रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । यूएईका लागि शोएब खानले सर्वाधिक ३८ रन बनाए भने हर्षित कौशिकले ३१ रनको योगदान दिए । नेपालका बलरहरू पनि प्रभावशाली देखिए । करण केसी र सन्दीप लामिछानेले २–२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे ।

अब नेपालले दोस्रो वार्म–अप खेलमा बिहीबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । विश्वकपको पहिलो औपचारिक खेल भने नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ८ : ५१ बजे

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

भुरीगाउँ– कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार खेल

चाँगुनारायण मन्दिरमा २ बजेदेखिनै भक्तजनको घुइँचो

भक्तपुर– नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रुपमा परिचित लिच्छवीकालीन ऐतिहासिक

हरिबोधिनी एकादशी : तोरणले सजियो बागमती (तस्बिरहरू)

काठमाडौं– आज हरिबोधिनी एकादशी । काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा

भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

काठमाडौँ– नेपालले जलवायु परिवर्तनबाट प्रभावित हिमाली तथा पर्वतीय क्षेत्रका सवाललाई

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

काठमाडौँ– राजधानी काठमाडौँबाट धुवाँ तथा  कोलाहल छिचोल्दै दक्षिणतर्फ चोभार र टौदह