कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते हुने  | Khabarhub Khabarhub

कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते हुने 


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने भएको छ । कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुनेगरि आज कार्यतालिका सार्वजनिक गरेको हो ।

 निर्वाचन प्रयोजनार्थ गठित निर्वाचन समितिमा पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन् ।  तालिका अनुसार मतदाता नामावली प्रकाशन पुस ४ गते दिउँसो २ बजे, उम्मेदवारका लागि दर्खास्त पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस ५ गते अपराह्न ५ः४५ बजेसम्म हुनेछ । 

समितिले उम्मेदवारको दर्खास्त साथ दाखिल हुनुपर्ने शुल्क ५१ हजार तोकेको छ । मतदान पुस ६ गते बिहान ८ देखि १० बजेसम्म हुनेछ । मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ ।

कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुने र लगत्तै  मतगणना गरी परिणाम घोषणा गरिनेछ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ४ : ५८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’