खानेपानी समितिको साधारणसभाको बन्दसत्र फेरी सर्‍यो « Khabarhub

खानेपानी समितिको साधारणसभाको बन्दसत्र फेरी सर्‍यो


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको दिक्तेलस्थित रम्बा खोला–माझ खोला साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारणसभाको बन्दसत्र दोस्रोपटक सरेको छ । गत २६ मंसिरमा उद्घाटन गरिएको दोस्रो वार्षिक साधारणसभाको बन्दसत्र गणपुरक संख्या नपुग्दा २ पुसका लागि सारिएको थियो ।

दोस्रोपटक बोलाइएको भेला समेत गणपुरक संख्या नपुगेपछि अर्कोपल्टका लागि सारिएको रम्बा खोला–माझ खोला साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताए । 

कतिपयले भने गणपूरक संख्या पुग्ने अवस्थामा पनि जानाजान दोस्रो पटकको बन्दसत्र सारेको आरोप लगाइरहेका छन् । अध्यक्ष जोशीले भने बन्दसत्रमा मताधिकार नभएका उपभोक्ता प्रवेश गरेर हो-होल्ला गरेकाले आगामी ६ पुसका लागि बन्दसत्र सारिएको जानकारी दिए । 

साधारणसभामा रम्बा खोला-माझ खोला साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका ९७७ उपभोक्ता मतदाता छन् । तर अधिकांश घर धनी जिल्ला बाहिर भएका कारण गणपूरक संख्या नपुगेको अध्यक्ष जोशीले बताए ।

 साधारणसभामा उपस्थित भएर मतदान गर्न पाउने कुल सङ्ख्याको ५१ प्रतिशत सदस्यको उपस्थितिलाई साधारणसभाको गणपूरक संख्या पुगेको मानिन्छ तर पहिलो पटक गणपूरक संख्या नपुगेमा दोस्रोपटक एक तिहाइ र तेस्रो पटक उपस्थित सङ्ख्यालाई नै गणपूरक मानिने समितिको व्यवस्था छ । 

रम्बा खोला-माझ खोला साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत दिक्तेल शहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनमा छन् । दिक्तेल शहरी खानेपानी तथा सरसफाइ आयोजना २०७८ चैतदेखि सञ्चालनमा ल्याइएको हो । 

रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनालाई मिलाएर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका १ हजार ४९ घर उपभोक्तालाई प्रशोधन गरिएको स्वच्छ र गुणस्तरीय पानी वितरण गरिएको छ । 

उपभोक्ता समितिको अध्यक्षका लागि राजेन्द्रकुमार श्रेष्ठ र नवराज जोशी आकांक्षी देखिएका छन् । खानेपानी आयोजनाका लागि समय दिनसक्ने फुर्सदिलो र मुहानका स्थानीयसँग समन्वय गर्न सक्ने व्यक्तीलाई अध्यक्षका रुपमा चयन गर्नुपर्ने उपभोक्ताको धारणा छ । 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ५ : ३१ बजे

ओमान तटमा भारतीय जहाजमा आक्रमण, भारतद्वारा निन्दा, चालक दल सुरक्षित

नयाँ दिल्ली- भारतको व्यावसायिक जहाजमा ओमानको तटमा बिहीबार भएको आक्रमणको

सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता

काठमाडौं -सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

काठमाडौं- शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोटका

मुद्दती निक्षेपतर्फ वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घट्यो

काठमाडौं– जेठ महिनाका लागि वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपतर्फको औसत ब्याजदरमा

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छायाँ

नयाँ दिल्ली- इरान युद्धका कारण चर्किएको ऊर्जा सङ्कट, अस्थिर तेल