बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्ने सम्बन्धी आदेश स्वीकृत हुने « Khabarhub

बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्ने सम्बन्धी आदेश स्वीकृत हुने


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्ने सम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले खाद्य पदार्थमा रहेको हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय गरेको छ भने निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के भि प्रसारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । त्यस्तै माथिल्लो फावाखोला जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, संरक्षण क्षेत्र भित्रका जलविद्युत आयोजनाका लागि थप शर्त समावेश गर्ने र मौसमी कामदार व्यवस्थापन निर्देशिका स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै मन्त्रिपरिषद्ले कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामस्थीत जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृत दिने निर्णय पनि गरेको छ । 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ७ : ५२ बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको