राप्रपा कुनै दलको पुच्छर बन्दैन : अध्यक्ष लिङ्देन « Khabarhub

राप्रपा कुनै दलको पुच्छर बन्दैन : अध्यक्ष लिङ्देन


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् । राप्रपाबाट निर्वाचित सांसदलाई स्वागत तथा बधाई दिन आज आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन् ।

“राप्रपाले सरकारमा नजाने भनेर कसम पनि खाएको छैन, आगामी दिनमा के गर्दा आफ्ना एजेन्डा र मान्यता स्थापित हुन्छन्, सोहीअनुसार अगाडि बढ्नुपर्छ,” उनले भने ।

अध्यक्ष लिङ्देनले राप्रपा कुनै दलको पुच्छर नबन्ने स्पष्ट पारे । उनले कुनै सरकारमा जानु परेमा वा कसैलाई समर्थन गर्नु परेमा कारणसहित गर्ने उल्लेख गरे । निर्वाचनबाट राप्रपाले उकालो यात्रा सुरु गरेको उनको भनाइ थियो ।

अध्यक्ष लिङ्देनले पार्टीलाई सही ढङ्गले परिचालन गर्न नसक्दा प्राविधिकरूपमा धेरै मत नआएको भन्दै जनताको मन भने जितेको बताए । उनले पार्टीमा योगदान गरेका क्षमता र सम्भावना भएका नयाँ व्यक्तिलाई सांसद बनाइएको स्पष्ट पारे ।

राप्रपाका नेता पशुपतिशम्शेर जबराले राप्रपा पुराना पार्टीहरूलाई खबरदारी गर्न संसदमा आएको बताए । उनले देशलाई अहिलेकै ढङ्गमा चलाएर अगाडि बढाउन नसकिने बताए । उनले राप्रपाले मुलुकलाई सञ्चालन गर्ने क्षमता संसदबाट देखाउने उल्लेख गरे ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ९ : ५२ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र