बढेको इन्धनको मूल्य फिर्ता गर्न नेविसंघको माग « Khabarhub

बढेको इन्धनको मूल्य फिर्ता गर्न नेविसंघको माग


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कामाडौं – सत्तारूढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले इन्धनको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ ।

सरकारको नेतृत्वकर्ता काँग्रेसको विद्यार्थी संगठनले बुधबार राति बढेको इन्धनको मूल्य वृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको हो ।

नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति सार्वजनिक गर्दै महामारीको समयमा नेपाल आयल निगमले गरेको इन्धनको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् ।

अत्यावश्यकीय वस्तुको पटकपटक गरिएको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको भन्दै विज्ञप्तिमा आक्रोश व्यक्त गरिएको छ । विज्ञप्तिमा मूल्य वृद्धि जनविरोधी भएको भन्दै भत्र्सनासमेत गरिएको छ ।

महामन्त्री तिमल्सिनाले निगमले संकटको समयमा प्रयोग गर्न मिल्ने मूल्य स्थिरीकरण कोषमा सञ्चित रकम उपयोग नगरेको भन्दै आपत्ति जनाएका छन् । महामारीमा उपभोक्तालाई सर्वसुलभ सेवा दिनुको साटो थप पीडा दिने गरी बढेको मूल्य फिर्ता गर्न माग विज्ञप्तिमा गरिएको छ ।

बुधबार राति निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ र डिजेल तथा मट्टीतेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरेर १०६ रुपैयाँ प्रतिलिटर बनाइएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि भएको छ भने एलपी ग्यासको मूल्य यथावत छ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  १० : २१ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी