लमजुङमा अनिवार्य मास्क अभियान, नाकामा कडाई « Khabarhub

लमजुङमा अनिवार्य मास्क अभियान, नाकामा कडाई


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्लामा कोभिड–१९ संक्रमणको दर बढ्दै गएपछि लमजुङमा पनि अनिवार्य मास्क अभियान सञ्चालन गरिएको छ । कोभिड जोखिम बढ्दै गएपछि थप संक्रमण फैलिन नदिन पहिलो चरणमा जिल्ला प्रवेश नाका पाउँदीमा माक्स अभियान चलाइएको हो ।

सुन्दरबजार नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र जिल्ला प्रहरी कार्यालयको सहयोगमा पाउँदी नाकामा हेल्थ डेक्स स्थापना गरी सचेतना सहितको माक्स अभियान सञ्चालन गरिएको हो । माक्स लगाउँदा मात्र पनि कोभिड संक्रमण फैलिनबाट जोगिने भन्दै अभियानमा साथ दिन प्रहरीले आग्रह गरेको छ ।

अभियानअन्तर्गत नाकाबाट प्रवेश गर्ने हरेक सवारी साधनमा चेकजाँच गर्नुका साथै यात्रु र पैदल यात्रीलाई सचेतना सहित माक्स वितरण गरिएको छ । सुरुवाती चरणमा पाउँदी नाकामा सञ्चालन गरिएको यस अभियान अन्य नाकाहरुमा पनि छिट्टै सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मास्क लगाउन अटेरी गर्नेलाई संक्रमण ऐन २०२० बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रहरीले पसल–पसलमा गएर व्यापारी र सेवाग्राहीलाई मास्क लगाउन अनुरोध गरेको छ भने पैदल तथा सवारी साधनमा हिडडुल गर्नेलाई पनि माक्स अनिवार्य गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  १ : ०० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको