टी–ट्वान्टी विश्वकप छनोटका लागि सन्दीपको कप्तानीमा टोली घोषणा | Khabarhub Khabarhub

टी–ट्वान्टी विश्वकप छनोटका लागि सन्दीपको कप्तानीमा टोली घोषणा


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन्दीप लामिछानेको कप्तानीमा टी–ट्वान्टी विश्वकपको छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ ।

बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले १६ सदस्यीय टोलीको घोषणा गरेको हो । टिममा जितेन्द्र मुखिया पुनरागमन गरेका छन् भने चर्चित अनुहार विनोद भण्डारी र सोमपाल कामी आउट भएका छन् ।

सन्दीप नेतृत्वको राष्ट्रिय टोलीमा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलो पटक समेटिएका छन् ।

विश्वकप छनोट अन्तर्गत ग्लोबल छनोट ओमानमा हुँदैछ । समूह ‘ए’मा रहेका नेपाल, फिलिपिन्स, यूएई, बहराईन, आयरल्याण्ड, जर्मनी र आयोजक ओमानमध्ये शीर्ष दुई टोली छनोट हुनेछन् । शीर्ष दुई टोली अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुनेछन् ।

सन्दीप नेतृत्वको टिममा कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र कुमार मुखिया रहेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  १० : ३७ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु